आज :

प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुन्छ: संचारमन्त्री

  • अनलाइन डबली

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पनि प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको भन्दै अब पनि बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताईन् ।

मन्त्री शर्माले भनिन्, “राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको छ । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न अझै पनि आवश्यक छ ।”

वर्तमान सरकारले अगाडि बढाएको सुशासनको प्रवर्धनमा नेपालको पत्रकारिता क्षेत्रले पु¥याएको योगदान प्रसंशनीय रहेको बताउँदै शर्माले प्रेस स्वतन्त्रलाई थप सुनिश्चीत गर्नेगरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुरावलोकनको काम भइरहेको बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal