काठमाण्डौ । संविधानको रक्षकका रुपमा रहेको सर्बोच्च अदालतले प्रेसतथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध पत्रकारितालाई अङ्कुश लगाउन खोजेको भन्दै विभिन्न पत्रकार संगठन र नेपाल पत्रकार महासंघले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन् । शुक्रबार विहान काठमाडौंको शान्तिवाटिकादेखि राष्ट्रिय सभागृहसम्म सो प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनमा संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहित काप्लेकार्ड प्रदर्शन गरिएको थियो ।