
काठमाडौं । नेपाल भाषामा लेखिएको पुस्तक“ समाजया किपा ” नामक पुस्तक विमोचन भएको छ । साहित्यकार तथा लेखक नानीमैया श्रेष्ठको दोश्रो कृतिका रुपमा प्रकासन भएको यस पुस्तक बुधबार यक कार्येकमका बीच विमोचन भएको हो ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपालभाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीले ७४ वर्षीय नानीमैयाँ श्रेष्ठले सो पुस्तक प्रकाशनले आफ्नो ढल्कँदो उमेरका बाबजुत पनि लेखन क्षमतामा जाँगर हुनसक्ने उदाहरणले पुस्तक लेखकहरुमा थप उत्साह बढ्ने बताउनुभयो ।
श्रेष्ठले प्रस्तुत पुस्तकमा पुराना तथा परम्परागत परिवेश र समाजको वर्णन प्रशस्तमात्र भएकाले नेवार समाजमा आधारित कथामा चलचित्र लगाएत सामग्री तयार गर्न यो पुस्तकले सहज कर्ताको भूमिका हुनसक्ने बताउनुभयो ।
यसैगरी यस पुस्तकका प्रकाशक तथा इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले यो पुस्तक लेखकको विचार वा साहित्यकारको काल्पनिक विचार नभइकन समाजको मूल्य र मान्यता जस्तो छ त्यसैलाई प्रतिविम्बित गरिएको जानकारी दिनुभयो ।
नेपाल भाषामा एम ए गरि उमेरले सात दशक पार गरेकि नानीमैयाले यस पुस्तकमा आफ्नो जीवन कालमा देखेका भोगेका ६० बर्ष पुराने सामाज , परम्परा र इतिहासलाइ समाज बिज्ञान अध्यन गर्न सहयोगी पुस्तक हुँ सक्ने गरि सरल भाषामा १७ वटा छुट्टा छुटै पुराना सामाजिक बिषय बस्तु पुस्तकमा समावेस गर्नु भएको छ । नयाँ पुस्तालाई बिगतका समाजको व्याख्या गरिएको यस पुस्तकलाइ कला , सम्पदा र सस्कृति पुस्त हस्तान्तरणको उत्कृष्ट प्रकाशन हुन सक्ने देखिन्छ ।
दोस्राे कृतिको रुपमा समाजया किपा नामक पुस्तक लेख्नुभएका साहित्यकार नानीमैयाँ श्रेष्ठले यस अघि लुमन्तिया जः नामक पुस्तक प्रकाशन गर्नुभएको थियो ।