आज :

बुबा तपाईं पर्खिरहनु

  • हिक्मत रावल

 
हिजो म जन्मिन नौ नौ महिना पर्खिनु भयो !
आज तपाईं मृत्युको चिहानमा पर्खिनु
छोरो डलरले किनेको कात्रो लिएर
तपाईंको चितामा दागबत्ती दिन
पेलेन चढी सक्यो !
कालले नपर्खेर के भो
तपाईं आफ्नो सन्तानका लागि पर्खिनु
मैले तपाईंको अन्तिम बिदाइमा फर्किन सकिन
बस तपाईं मलाई आर्यघाटमा पर्खिनु !
सँगै बस्न गरीबीले दिएन
विदेश जान मन थिएन !
म देशले नै विदेश पठाएको छोरो हुँ!
बुबा एक दिनमात्र पर्खिनु
म ओर्लिसके अन्तर्राष्ट्रिय विमानस्थल !
बुवा तपाईं पर्खिरहनु !

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal