आज :

किर्तिपुर बाघभैरव जात्रा , माटोको बाघमा भैरव प्रवेश गरि भेडा सबै खाएको किम्वदन्ती

  • बुद्धशरण शाही

काठमाडौँ । काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम कुनाको डांडा माथि थुम्कोमा अवस्थित बाघभैरवको जात्रा आज गरिदै छ । कीर्तिपुर बासिन्दाका इष्टदेवताका रुपमा समेत मानिने बाघभैरवको जन्म दिनको रुपमा प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात आज भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरिन लागिएको हो ।

जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी कीर्तीपुरका विभिन्न ठाँउमा परिक्रमा गरिने परम्परा रहेको छ ।

नेपाल संवत २४३ कालिन शिवदेव द्रितियले कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाइ केन्द्र बनाइ पाश्चिममा शैव देवता रहने गरि शिवरत र पूर्वमा वौद्ध देवीताको मात्र बाहुल्य रहने गरि देवरत क्षेत्र व्यवस्थित रुपमा बसायिएको इतिहास पाइन्छ ।

नेपाल सम्वत् १०६७ देखि शुरु भएको यो जात्रामा खटजात्रा चलाउने परम्परा भने वि. सं. २०१४ भदौ १ गतेदेखि सुरु भएको जानकार हरु बताउछन ।

यस्तो छ कीर्तिपुर बाघ भैरवको उत्पत्ति र किंंवदन्ती-

बाघभैरव ऐतिहासिक कीर्तिपुरको वास्तविक इतिहास नरगो र बाघभैरव देवस्थलको आख्यान र दस्तावेजले छर्लङ पारिदिन्छ । कीर्तिपुरको प्राचीन वस्ती नरगो हो । जहाँ खनजोत गर्दा अति पनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ । आख्यानअनुसार कीर्तिपुरस्थित हाल बाघभैरव बस्ती जंगलै जंगलले ढाकिएको बेला नरगोबासी झवा : मचा : ( गोठाला ) भेडा चराउन जांदा माटोको बाघको मूर्ति बनाएर खेल्नेगर्दथे । बाधको अङ्ग बनाउँदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछ । आश्चर्यचकित उनीहरु चिच्याएको सुनी नरगोवासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुनेछन् । भनिन्छ , त्यसैबेलादेखि नरगोवासी हाल टंगालको हाडीगाउँमा बसाई सरेका हुन् । त्यसैले टंगालस्थित हाडीगाउँलाई नेपालभाषामा नरदे अर्थात् नरगोवासी भनिएको हो । बाघबाट पीडित नगा र पांगा : वासी मिली तान्त्रिकलाई देखाउँदा माटोको बाधमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा समारोहको आयोजना गर्नुपर्ने सुझाव दिएछन् । सोही दिनको स्मरणमा प्रत्येक वर्ष भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई रांगा , भेडा र बोका बली दिई खुसी पार्ने र भव्य खटजात्रा गर्ने परम्परा चल्दैआइरहेको छ । तीनतल्ले आयातकार पेगोडाशैलीको बाघभैरव मन्दिर पाटन पिम बहालका महापात्र जगतपाल वर्माले ने.सं. ३३५ मा निर्माण गराएका हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरे राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीको हत्या गर्नुअघि ने . सं . ८८४ मा भएको युद्धमा कीर्तिपुरेले उनै बाघभैरवको शक्ति सांधेर तीनपल्टसम्म पर हराइदिएको बताइन्छ । सो युद्धमा राजा पृथ्वीनारायण शाहका भाई सुरप्रताप शाहको देब्रे आँखा फोरिनुका साथै गोर्खा सैनिक कमान्डर कालु पाण्डेको हत्या गरी ढाल , तरबार , कवच र फलामको भोटो बाघभैरवलाई चढाएका थिए । मन्दिरको टुडालामा गोरखाली फौजले छोडेका हातहतियारहरु टांगिएको पाइन्छ ।

Seen by Mankasa Mirmire at 9:36 PM
Enter
Write to Mankasa Mirmire

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal