काठमाडौँ । सिप सिकौं, आत्म निर्भर बनौं भन्ने मूल नारासहित जस्मीन व्युटि पार्लर एण्ड ट्रेनिङ्ग इन्स्टिच्युट ( सिटिइभिटीबाट मान्यता प्राप्त ) को २०औ समुहका सफल विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै नेपालका राष्ट्रिय अन्तर्राष्ट्रियस्तरया कलाकार, पत्रकार, संगीतकार, साहित्यकार, मोडेलहरुलाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच बरिष्ठ रंगकर्मी कलाकार कृष्णभक्त महर्जन, बरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी, नेवार भाषामा निर्माण भएको राजमती चलचित्र कर्मी हिसिला महर्जन, कलाकार भिंतुना जोशी, पत्रकार रत्नमन महर्जन, थाहा संचारका संचारकर्मी तथा म्यूजिक भिडियो निर्देशक राजेन्द्र डंगोल, पत्रकार विष्णुमाया बाँस्कोटा, शिक्षण पेशामा आबद्ध दरबार हाईस्कूलका प्रधान अध्यापक शारदा पौडेल, काठमाडौं मोडल स्कूलका संस्थापक निर्देशक राजेन्द्र महर्जन, काठमाडौँ महानगर पालिका २७ वडाका जनप्रतिनिधि तथा समाजसेवी सृष्टि कंसाकार, दरबार स्कूलका व्यवस्थापन समिति सदस्य राजेन्द्र श्रेष्ठ, बज्र कला कुञ्जया इन्स्ट्रक्टर कोरियोग्राफर सुदन मुनिकार लगाएत मोडलिंगमा आबद्द कलाकारहरु सम्मानित भएका हुन्।
सो अवसरमा नयाँ बनेको “आमा” म्यूजिक भिडियोको प्रिमियर गरिएको छ। यस म्युजिक भिडियोमा छायाँकन, सम्पादन तथा निर्देशन, सम्पादन राजेन्द्र डंगोलको रहको छ,भने कलर करेक्सन इन्द्र मानन्धरको रहेको छ।
यसै गरि यस म्युजिक भिडियोमा संगीत बरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी र संगीता रायमाझीको शब्द रचनामा राजेन्द्र श्रेष्ठको स्वर बढ्द रहेको छ ।
कार्यक्रममा बरिष्ठ कलाकार कृष्णभक्त महर्जन बात बिशेष अभिनयका साथै निर्देशक राजेन्द्र डंगोल र राजेन्द्र श्रेष्ठले सांगितिक प्रस्तुति रहयो भने ,
सुरभीज क्रियसनका ड्रेस डिजाइनर संगीता महर्जनले डिजाइन गरेका पहिरनहरुको फेशन शोको प्रस्तुति समेत रहयो।


बुद्धशरण शाही


