आज :

बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृत्यु

  • अनलाइन डबली

बाजुरा । बाजुरामा बस दुर्घटनामा परि घाइते भएका बस सहचालक बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।

जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।

घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भएपनि अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको उनले बताए ।

मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परेको थियो।बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

घाइते भएर अवस्था गम्भीर भएका आठ जनाको उपचारका लागि शनिबार राति नै एम्बुलेन्स र जीप मार्फत धनगढी पठाइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले जिल्लामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वषीृय विशाल शाही,बुढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने७ वर्षीया लक्ष्मी मल्ललाई रिफर गरिएको अस्पतालका सूचना अधिकारी गिरीले बताए ।

यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उनकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह, जेसिका सिंह र बुढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी गिरीको भनाइ छ ।

कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।

बस दुर्घटनापछि चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal