जात भय कै कारण घर जल्छन मेरा।
समाज रमिता हेर्दै चल्छन मेरा।।
आज पनि प्रेमकै नाममा सहिद हुन्छौ हामि।
कति औ नबराज भेरिमा फालिन्छौ हामी ।।
प्रेम गर्नु अभिसाप होरे हाम्रो ।
पच्दै पच्दैन समाजलाई राम्रो।।
कति बल्तकारिको बिल्ल बोल्क्दै छन।
कतिलाई अदालतले तारिक तोक्दै छन।।
केही गरिहाल्यौ भने जात जनायो भन्छन।
आफुले गरे समाजको ठुलै भयो भन्छन।।
कसरी बाच्न सक्छु समाजमा खास भैन।
म नबोली बस्नालाई मरेको लास होइन।।