आज :

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न सम्मान तथा पुरस्कार प्रदान

  • अनलाइन डबली

 काठमाडौँ ।सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले विभिन्न चारजना व्यक्तित्वहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नुका साथै नेपालभाषाका चारजना अग्रणी महिला साहित्यकारहरुलाई मांथां (आमा खम्बा), चारजना नेपालभाषाका साहित्यकारहरुलाई तिकिझ्याः (आँखीझ्याल) सम्मान र विभिन्न सम्मान तथा पुरस्कारहरुबाट सम्मानित तथा पुरस्कृत गरेको छ । त्यसरी नेपालभाषा साहित्यको मूथां (आधार स्तम्भ) सम्मानबाट स्व. मोतिलक्ष्मी उपासिका सम्मानीत हुनुभएको छ भने नेपालभाषा साहित्यको मांथां (आमा खम्बा) बाट सम्मानीत हुनेमा सत्यभामा माथेमा, प्रकाश प्रधानांग, नारायणदेवी श्रेष्ठ र सुवर्ण चित्रकार हुनुहुन्छ भने नेपालभाषा साहित्यका तिकिझ्याः (आँखिझ्याल) सम्मान पाउनेमा भूषण प्रसाद श्रेष्ठ, सुलोचना मानन्धर, प्रतिसरा साय्मि र शशिकला मानन्धर हुनुहुन्छ ।

पुरस्कृत हुनेमा सिद्धिश्वरमान सूर्य तुलसी आजिवन साधना पुरस्कारबाट शान्त दास मानन्धर, उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कारबाट प्रा.डा. शिवराज अधिकारी, चन्द्र­विष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कारबाट सरला श्रेष्ठ र विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमि पुरस्कारबाट शैलजा कसजु पुरस्कृत हुनुभयो । त्यसैगरी सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मान भद्र कुमारी घलेलाई, साहित्यिक उत्प्रेरणा सम्मान उषा शेरचनलाई, उत्कृष्ट नियात्रा साधक सम्मान घनश्याम राजकर्णिकारलाई, उत्कृष्ट स्वास्थ्य तथा समाजसेवा सम्मान प्रा. डा. निराकार मान श्रेष्ठलाई, उत्कृष्ट युगल शिक्षा साधक सम्मान डा. अम्बु भवानी कार्की र रामाराम सैंजुलाई, उत्कृष्ट रचना साधक सम्मान स्व. पुष्कर लाल श्रेष्ठलाई, उत्कृष्ट भाषा तथा शिक्षा सम्मान प्रा. डा. सुन्दर कृष्ण जोशीलाई, उत्कृष्ट सञ्चार साधक सम्मान कुमार रञ्जितलाई, उत्कृष्ट भाषा तथा संस्कृति संरक्षण सम्मान अनिल महर्जनलाई र उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान साहित्य सन्ध्या र गुञ्जनलाई प्रदान गरेको छ ।

राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ महिला लेखिका मोति लक्ष्मी शाक्य हुनुहुन्थ्यो भने विशष्ट अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रकी संरक्षक प्रा. डा. सावित्री श्रेष्ठले सम्मान र पुरस्कारको महत्वबारे मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाको सिद्धिश्वरमान श्रेष्ठ कृति विशेषाङ्क साथै डा. सावित्री श्रेष्ठ र स्वर्णिमा श्रेष्ठद्रारा रचित असाधारण कविता संग्रह पनि विमोचन गरिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal