“हे अमर वीर शहीद”
हे अमर वीर शहीद खेरै गयो तिम्रो बलिदानी ।
छेपारोको रंग चिन्न सकेनौं साथी लडिगयौ जानी नजानी ।।
देशको मुहार फेर्न भनी शीरमा कफन बाध्यौ जंगल पस्यौ ।
कठै तिम्रो कल्कलाउँदो उमेर खेरै फाल्यौ तिम्रो जवानी ।।
बाबाआमा हरुहा थिए साथी तिमी पनि थियौ कमलहरी ।
तानाशाहको बिरुद्ध लड्यौ तिमी छेपाराहरुलाई महान् ठानी ।।
अन्याय र अत्याचारको बिरुद्ध असमानता र विभेदको जालो तोड्नलाई ।
कलम छोप्ने हातले बन्दुक बोक्यौ आखिर छेपाराले भुले तिम्रो कहानी ।।
साथी अधुरै रह्यो तिम्रो सपना अपमान भयो तिम्रो क्रान्तिको ।
तिम्लाई मारे, आफ्ना बनाए आफू बने तिमी र तिम्रो बलिदानी माथि भयो बेइमानी ।।
हे अमर वीर शहीद खेरै गयो तिम्रो बलिदानी ।
छेपारोको रंग चिन्न सकेनौ साथी लडिगयौ जानी नजानी ।।