आज :

स्वरोजगार र महिला आत्म निर्भरताको लागि स्थानितहको सहयोगमा डिजाइनिङ्ग ,सिलाइ तालिम सम्पन्न

  • अनलाइन डबली

ललितपुर महानगर पालिका १६ वडा कार्यालयको सहयोगमा गोर्जियस इन्स्टिच्यूटद्वारा संञ्चालित स्वरोजगार र महिला आत्म निर्भरताको लागि डिजाइनिङ्ग, सिलाइ तालिम सम्पन्न भएको छ।
४५ दिन सम्म संचालन भएको तालिम कार्येक्रमको आज समापन कार्येक्रममा १६ वडाका वडा अध्क्षय निर्मल रत्न शाक्यले तालिम संगै उत्पादि सामग्रीको बजारब्यबस्थापनमा सघाउने , महिला उद्यमीको संख्यात्मक वृद्दि गर्दै यसको प्रवर्धनका लागि मेला आयोजना गर्ने लक्ष रहेको बताउनु भयो । उहाले हरेक सप्ताहको १ दिन रात्रीकालिन बजार संचालनको अवधारणा अगाडी सारेको र उपादित सामग्रीको फेसन प्रतियोगिताको आयोजना हुने बताउनु भयो।
वडा सदस्य बविता श्रेष्ठले महिला उद्यम सिलताले आयआर्जनको सोचका साथ अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो।उहाले स्थानीय सरकारले सन्चालन गरेको यस्तो कार्येक्रमलाइ लागनिको रुपमा बुझ्नु पर्ने धारणा राख्नु भयो।
यसै गरि गोर्जियस इन्स्टिच्यूटका संचालिका सोभा महर्जनले महिलालाइ आत्म निर्भर बनाउन स्थ्यनिय तहले गरेको यस्तो तालिमले महिलामा थप हौसला प्रदान गरेको बताउनु भयो। बुटिक र एडभान्स टेलरींग सिकाइमा महिलाको आकर्षण बढेको हुदा आफ्नै इन्स्टिच्यूटमा पनि धेरैलाइ तालिम दिइ सकेको बताउनु भयो।

तालिममा ४२ महिला सहभागी भएका थिए ।  कार्येक्रममा सहायो गर्नुहुने विभिन्न व्यक्तित्व तथा सहभागीलाइ कार्येक्रम बीच प्रमाण प्रत्र प्रदान गरिएको छ ।

१६ वडा महिला कमिटिले बार्षिक कार्ययोजना नै बनाइ महिला उत्थान सम्बन्धि दिर्घकालिन कार्यक्रम वडाको नीति योजनामा विभिन्न आयमुलक स्वरोजगार तालिम संचालन गर्दै आएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal