आज :

स्वास्थ्य सेवामा मटिहानी नगरपालिका जिल्लामै दोस्रो स्थानमा

  • अनलाइन डबली

महोत्तरी । स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य कार्यक्रम कार्यान्वयनको मूल्यांकनमा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष पनि महोत्तरी जिल्लामा दोस्रो भएको छ । स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरले २०८३ साल कात्तिक १२ र १३ गते आयोजना गरेको आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिकाले ७८.२ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो ।

समीक्षामा ७८.५ अंक प्राप्त गरेको मनरा शिसवा नगरपालिका पहिलो भएको छ । पहिलो र दोस्रो स्थानमा रहेका दुई नगरपालिकाबीचको अंक अन्तर ०.३ मात्र छ । स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार, कार्यक्रमको प्रभावकारी व्यवस्थापन र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमको मूल्यांकनका आधारमा मटिहानीले उक्त उपलब्धि हासिल गरेको नगरपालिकाले जनाएको छ ।

लगातार तीन वर्ष जिल्लाको दोस्रो स्थानमा रहनुले स्वास्थ्य सेवाको गुणस्तर सुधार र व्यवस्थापनमा नगरपालिकाले गरेको प्रयासलाई देखाएको छ । मटिहानी नगरपालिकामा हाल चारवटा स्वास्थ्य चौकी, पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दुईवटा प्रसूति गृह र दुईवटा प्रयोगशाला सञ्चालनमा छन् । स्थानीय नागरिकलाई गाउँ तथा बस्तीनजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले स्वास्थ्य संस्थाको पूर्वाधार विकास, आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य उपकरणको व्यवस्थापनमा जोड दिँदै आएको छ ।

नगरपालिकाका अनुसार स्थानीय सरकार गठन हुनुअघि चारवटा स्वास्थ्य चौकी सञ्चालनमा थिए । त्यसपछि थप पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो । त्यस्तै, सुरक्षित मातृत्व सेवालाई सहज बनाउन दुईवटा प्रसूति गृह र स्वास्थ्य परीक्षण सेवा विस्तार गर्ने उद्देश्यले दुईवटा प्रयोगशाला सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal