काठमाडौं महानगरपालिका वडा नं १६ , बालाजु , टौडल स्थीत शितला माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक सुधार अभियान धारणा विकास कार्यक्रम सोमबार सव्य ,भव्य एवम फलदायी हिसाबले सु सम्पन्न भएको छ । कार्यशाला गोष्ठीको अध्यक्षता विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले गर्नु भयो ,भने लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गरी लब्ध प्रशिक्षकको रुपमा ख्याति कमाइसक्नु भएका प्रशिक्षक विश्व देवकोटाले प्रशिक्षित गर्दै हुनुहुन्थ्यो । शैक्षिक शत्र २०७९ को झण्डै समाप्ति र २०८० को आगमनको पूर्व सन्ध्यामा शिक्षकहरूको समयलाई सही व्यवस्थापन गरी शिक्षण सिकाइलाई थप प्रभावकारी एवम जिम्वेवार बनाउने उद्येश्यले आयोजना गरिएको कार्यशालाले शिक्षकहरूलाई थप उत्प्रेरित बनाएको छ।
प्रशिक्षकले आप्नो जीवन भोगाइ , देशका विभिन्न ठाउँमा गरिएका शैक्षिक भ्रमणहरुका अनुभव , विभिन्न शैक्षणिक अध्ययन अनुसन्धान एवम खोजबाट प्राप्त ज्ञान र सीपलाई विभिन्न बिम्ब ,प्रतीक, अलङ्कारहरूको प्रयोग गरी अत्यन्तै जादुमय तरिकाले शिक्षकहरू माझ प्रस्तुतिकरण गर्नुभयो । शिक्षण सिकाइ प्रक्रियालाई बालमैत्री वातावरणमा सरल, सहज , समय सापेक्ष एवम प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । विद्यार्थीको सिकाइमा कक्षा कोठाको व्यवस्थापनले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट , बसाईको सही व्यवस्थापन , शैक्षिक सामग्रीको अधिकतम प्रयोग , शिक्षकको व्यवहार कुशल सीप आदि जस्ता विभिन्न कुराहरूले प्रभाव पार्ने विषयलाई सोधाहरण प्रस्तुत गर्नुभयो । कक्षा शिक्षण रोचक तथा रचनात्मक हुनु पर्ने कुरामा पनि प्रकाश पार्नुभयो । कार्यक्रमको प्रभावकारीताको बारेमा शिक्षकहरुसँग सुझाव लिने क्रममा शिक्षक राधा बोगटीले भन्नु भयो। कार्यशालाबाट म शिक्षण कार्यमा थप जिम्मेवार भएको महसुस भएको शिक्षकहरुले अनुभव सुनाउनु भयो । विद्यार्थीको रचनात्मक सीप विकासमा शैक्षिक सामग्रीको महत्वपूर्ण भूमिका हुनेमा स्वीकारोक्ति जनाउनु भयो ।
त्यस्तै शिक्षक अनिल खनालले कार्यक्रम फलदायी भएको र यस्ता कार्यक्रमहरु थप आवश्यक भएको कुरामा जोड दिनुभयो । शिक्षक विजया न्यौपाने भन्नुभयो , कार्यक्रम बाट प्राप्त उपलब्धिलाई कक्षा कोठामा प्रयोगमा ल्याउन विद्यालयको पनि सहयोग हुनुपर्नेमा आप्नो विचार अगाडि सार्नु भयो । शिक्षकहरुले प्राप्त गर्ने ज्ञान सीप आफैँमा पूर्ण नहुने र त्यसलाई व्यावहारिक एवम समय सापेक्ष बनाउन विभिन्न अभिमुखीकरण तालिम, विषयगत तालिम , सूचना प्रविधिको ज्ञान, शिक्षण कौशल सीप , कक्षाकोठा व्यवस्थापन , शैक्षिक सामग्रीको उपलब्धता तथा प्रयोग आदि जस्ता कुरामा सम्बन्धित पक्ष सचेत हुन जरुरी रहेको बारे सबैले सकारात्मक राख्नु भयो ।