आज :

भिक्षु जीवनमा आधारित ओम शंकर श्रेष्ठको उपन्यास “सम्बन्ध” विमोचित

  • अनलाइन डबली

काठमाडौँ । जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशा सहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विमोचित भएको छ । बिहीबार काठमाडौँको रेडक्रस मार्गस्थित सोभिनियर्स ग्यालरी क्याफेमा आयोजित कार्यक्रममा “मह जोडी” मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट संयुक्त रुपमा उपन्यासको विमोचन गरिएको हो । शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकार समेत रहेका श्रेष्ठको ३ सय ४ पृष्ठ रहेको उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासबारे अर्का पत्रकार कुमार रञ्जितले टिप्पणी गर्नुभएको हो । यसअघि “यथार्थ” कथा संग्रह प्रकाशित गरिसकेका श्रेष्ठको थुप्रै साहित्यिक रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal