आज :

मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

  • अनलाइन डबली

चैत ५ काठमाडौँ ।  मध्यपुरको पाटी विहारमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम भइरहेको छ । भाजु राजमान र तेजमाया बाडेको श्रद्धा बमोजिम ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा २०७९ फागुन ३० देखि चैत ६ गतेसम्म कार्यक्रम भइरहेको छ । पाटी विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो । कार्यक्रममा विभिन्न ठाउँबाट भजन मण्डली पाटी विहारमा आउनुभइ ज्ञानमाला भजनको प्रस्तुती गरिरहनु भएको छ
पाटी विहार २०२३ सालसम्म फोहोर मैला फाल्ने ठाउँ र महिलाहरूको खुल्ला शौच गर्ने ठाउँ (मिसा मंला)को रूपमा थियो । सम्भवतः पाटी विहार बज्रयानी बौद्ध विहार थियो । सो ठाउँमा स्थापित भएको शाक्यमुनी र दिपंकर बुद्धको मूर्ति अहिले विहारमा छैन । यो विषयमा सोधखोज र अनुसन्धान आवश्यक छ ।
तत्कालीन स्थानियबासी तथा जिवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिको नेतृत्वमा भिछु प्रज्ञाको सल्लाह बमोजिम पाटी विहारको उत्खनन र संरक्षण गरिएको हो । चालिसको दसकदेखि समाजसेवी श्यामकृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, गणेशराम प्रजापति लगायतको पहलमा पाटी विहारमा आवश्यक संरचना निर्माण गरेर व्यवस्थित बनाइएको छ ।
नेपालमा बुद्ध धर्म प्रचार गरेको आरोपमा तत्कालीन जहानीयाँ शासन व्यवस्था (राणाहरू)ले भिछु प्रज्ञालाई निर्वासित गरेको इतिहास छ । उहाँ भारतको कालेबुङमा बसेर पनि बुद्ध धर्मको प्रचारमा निरन्तर लागिरहे । उहाँकै सुचना र संकेतको कारणले अहिलेको पाटी विहार बनेको हो । पाटी विहारलाई व्यवस्थित बनाउने क्षेत्रमा प्रत्यक्ष परोक्ष रूपमा धेरैले आआफ्नो तर्फबाट योगदान दिनुभएको छ ।
महापरित्राण भनेको हो ?
बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो ।
परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति, गृह दोष, रोगी बिरामी, आपतबिपत अवस्थामा श्रद्धेय भिक्षुहरुबाट पाठ गराइन्छ । मुलतः यो सुत्रहरु दुई हजार वर्ष पहिले ताडपत्रमा लेखिएका थिए । पछि परित्राण पाठ पुस्तकको रूपमा परिमार्जन गरिएको थियोे ।
यी सुत्रहरु मुलतः सुत्र पिटकका अंगुत्तर निकाय, मज्झिम निकाय, दिध निकाय, संयुक्त निकाय र खुद्दक निकायबाट लिइएका छन् । परित्राणको पाठ मानसिक सुदृढता, खराब बिचार, दुर्भाग्य, अस्वस्थता, ग्रहदशाको दुस्प्रभावबाट रक्षा गर्नको लागी गर्ने गरिन्छ । यो पाठ भिक्षुहरु बाट विभिन्न लयमा गर्ने गरिन्छ ।
परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्व उच्चारण र उपयुक्त लयमा पाठ गर्नु पर्ने हुन्छ । यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको सञ्चार हुन्छ । ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ (तीन रत्न) हो । जसको समिश्रण नै बुद्ध धर्म हो । त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्दछ ।
(स्रोत–गौतम मान सिंह र गणेशराम प्रजापति)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal