आज :

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै, उपत्यकावासी नेवार समुदायमा (नलास्वनेगु)

  • अनलाइन डबली

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

उपत्यकावासी नेवारहरू दशैंलाई मोहनी अर्थात् दशैंको पहिलो दिन घटस्थापना (नलास्वनेगु) का दिन देवीको पूजा गरी देवताको कोठामा नदीको पवित्र बालुवा ल्याई चोखो गरी विधिपूर्वक जौ, तिल, मकै, गहुँ आदिको जमरा राख्ने गरिन्छ ।

कतिपय द्योछें (देवघर) मा जमरा राखी टोलवासी गुठियारलाई जमरा बाँड्ने परम्परा छ । घट्नास्थापनाको भोलिपल्टदेखि नवरथा घुम्न जाने परम्परा छ । जसअनुसार भद्रकाली (लुमडी) संकटा, महांकाल, शोभाभगवती, इन्द्रायणी, (लुतिमरु अजिमा), नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, गुँडालदेवी (तोर्णं अजिमा) दक्षिणकालीलगायतका शक्तिपीठमा दर्शनार्थी पुग्ने गर्दछन् । दशैंमा पाटनमा १० महाविद्या (भैरवी, सिद्धिलक्ष्मी-पूर्णचण्डी, मातङ्गी, तारा-खड्गयोगिनी, बंगलामुखी, त्रिपुरासुन्दरी, काली, भुवनेश्वरी, धुमावती र छिन्नमस्ता) तथा भक्तपुरमा नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री) लाई विशेष सम्मानका साथ पुज्ने र पञ्चबलि (हाँस, कुखुरा, भेडा, बोका र राँगा) दिने गरिन्छ । जीवित देवी कुमारीलाई मूल मानी मातृशक्ति आमा, दिदी-बहिनी, श्रीमती आदिको सम्मान र पृथ्वीमातालाई घरको मूलढोका पेखालुखामा विशेष ढंगले पुज्ने आदर्श पनि दशैंमा स्थापित छ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal