पदम श्रेष्ठ
शिवरात्रीको दिन थियो । कडाबार शनिबार भएकोले अघिपछिको भन्दा विशेष चामधामका साथ देशभर शिवरात्री भव्यताका साथ मनाईरहेका थिए । स साना नानीहरु द्योवाटो चौवाटो छेक्दै जगात उठाईरहेका थिए भने उमेर पुगिसकेका युवा जमातभने शिवालय वा समुह समुह मिलेर आगो बाल्ने ,चन्दा उठाएर ल्याइएका नगद वा द्रव्य संकलनबाट खिर मिलाई हलुवा पुरी बनाउने र प्रसाद बाढिरहेका भेटिन्थे । पहिले पहिले भए काठमाडौं उपत्यकामा
महाद्योयात चिकुल ,
गणेद्योयात ईकुल सिं छका हजि
अर्थात महादेवलाई जाडो भो गणेश भगवानलाई रिङगटा लाग्यो एक कल्ली दाउरा देउ भन्दै जगात मागेर आगो बाल्ने र जगातको पैसाले प्रासाद बनाएर खाने खुवाउने गरिन्थ्यो तर यो साल विश्वब्यापि प्रतिकुल बातावरणीय प्रभाबको कारण जाडो त्यति धेरै नभएपनि ठाउँ ठाउँमा भक्त्तजनहरुले आगो बाल्ने र प्रसाद बनाएर खाने बाढ्ने भक्तजनहरु भने थुप्रै जना भेटियो । जाडोको विदाई र लामो दिनको शुरुवात हुने दिनका रुपमा लिईने शिवरात्रीका दिन तारकेश्वर नगरपालिका वडा नं. ५ स्थित स्वेत भैरव मन्दिरमा ६० वर्ष देखि ९० वर्ष सम्मका बयोबृद्ध शिव भक्तहरुको समुहको खैचडीं नृत्य भव्य भैरहेको थियो । उमेरले बृद्ध भत्ता खाईसकेकाहरु भएरपनि शिवरात्रीका दिन उफ्रि उफ्रि खैचडी नृत्य गरिरहनुभएका बृद्ध बृद्धाहरुलाई देख्दा लाग्थ्यो , भरखर बैशालु जीवनमा पदार्पण गरिरहेका किशोर किशोरीको जमात हो यो ।
सेता भैरब खैंचडी भजन मण्डली समुहको नाउँमा स्थानिय तोयनाथ खनाल र अर्जुन भटटराईलगायत पाँच सात जना संगठित पाका उमेरका बयोबृद्धहरुले २०७८ साल चैत्र महिनादेखि थालिएको खैचडी भजन समुहमा हाल बढेर ६५ जना भन्दा बढी बृद्धबृद्धाहरु पुगिसकेका छन् । वयोबृद्ध नेत्रप्रसाद देवकोटा भन्नुहुन्छ ,हामीले खैंचडी भजनलाई कृष्ण कँडेलको ईन्द्रेणीमा सहभागितापछि साङगीतिक प्रस्तुती पछि बृद्धबृद्धामा प्रोत्साहित गराएको थियो । भजन मण्डलीले प्रस्तुत गर्ने खैंचडीसहितको मादल ,मजिरा ,कडताल ,झयाली बाजालाई पञ्चताल भन्ने गरेको छ । खैंचडी भजन भित्र शिव ,भगवती ,घर गृहस्थी आदिका लयात्मक शव्द्ध भएपनि गाना बजाना प्रस्तुत गरिदा भानुभक्तिय रामायणका लय पस्कने गरेको पाईन्छ ।
द्येवस्थलहरुमा भेला भई प्रस्तुत गरिने भजन दिउसो १ वजे देखि साँझ ५ बजे सम्म प्रकृयागत रुपमा सहभागीता जनाउँछन भने निम्तो भएमा देवघाट नरनयण्नगढ , पशुपति ,गोखा, भिमफेदी , मलेखुलगायतका ठाउँमा पनि खैचडी भजन जाने गरेको छ भने तारकेश्वर नगरपालिका भित्र पालैपाले जरङखु ओमकारेश्वर , गुम्वा , लोकतान्त्रीक चोक लोलाङग हाईट ,पुरानो गुहेश्वरी धर्मस्थलीमापनि खैंचडी भजन प्रस्तुत गर्ने गरिएको छ ।
इसबाट पाका उमेरका बयोबृद्धहरु विच भावना आदान प्रदान , दुःख सुख साटासाट हुनुका साथै शारीरिक ,मानसिक एक्सरसाईज भई थुप्रै रोगबाट मुक्ति मिलेको अनुभव ब्यक्त गर्नुहुन्छ सहभागी बृद्धबृद्धाहरु । आजभोली त जेष्ठ नागरिकलाई प्रत्येक्ष वा अप्रत्यक्ष सहयोगका हात बढाउन युवा जमातहरुपनि सहभागी हुन थालेका छन् भने खैचडी भजनलाई निरन्तरता दिन लाहुरे हुन विदेश गई सफल भएका युवा , पेन्सन पकाएर भत्ता लिएर आएकाहरु वा कुनै विवाह ब्रतवन्ध रुद्री आदि शुभ कर्ममा सहभागिता जनएबापत आर्थिक वा भौतिक सहयोग हुने गरेको बताईन्छ ।
श्वेत भैरवस्थानमानै खैंचडी भजन किन थालियो
एक कथनअनुसार , आदिकालमा पुरानो गुहेश्वरी बालाजुहुदै गोलढुङगा जाने मार्गलाई नेपाल भाषामा लोह लाङग अर्थात गोलो ढुङगा जाने बाटो भनियो । बोटोको विचमा मानिसको कुनै बस्ती थिएन भने जताततै खेतैखेत मात्र । गोलढुङगा जानेबाटोको विचमा श्वेयत अर्थात सेता भैरवको ढुङगे मुर्ति चाही थियो रे । शुरुमा त्यो ढुङगा देवता हो भन्ने खेती गर्ने किसानलाई थाहै भएनछ र धान चुत्ने क्रममा त्यो ढुङगाको मुर्तिको घाँटी तासिएछ , जसको कारण देवता प्रति क्षमा याचना गर्दै प्रत्येक वाषर्् चैत्र महिनामा देवतालाई पञ्चवलि – बोका , हाँस ,कुखुरा ,राँगा ,भेडा , परेवा आदि बली दिएर क्षमा पुजा गरिएछ । त्यस दिन देखि आजपनि क्षमा पुजा गर्दै आईरहेको पाईन्छ । श्वेत भैरबलाई क्षमा पुजा गरी भाकल गरेमा जे मागेपनि ईच्छाईएको भाकल पुरा हुन्छ भन्ने मान्यता पाईन्छ तर खैंचडी भजन समुह चाहि बसाई सराई गरी तारेकेश्वर नगरपालिकालाई बसोवासस्थल बनाईएका खस ब्राह्मण समुदायले थालेको सगीङतिक समुह मानिन्छ । मुलतः क्षेत्री ब्राह्मण समुदायको मौलिक पहिचानको रुपमा रहकेको खैचडी भजनलाई ब्यापक बनाउदै लान सके देशब्यापि रुपमा संगठन विस्तार र सस्कृति प्रवद्र्धनमा टेवा पर्याउन सहयोग पुग्नुका साथै बृद्ध उमेरलाई आयु लम्व्याउन सकेत योगदान पुग्ने थियो । सहभागि बृद्ध बृद्धाहरुको आग्रह छ ,उपत्यकामा प्रचलित दाफा भजन ,ज्ञान माला भजन खलःलाई जस्तै वडा ,नगरपालिकास्तरिया प्रवद्र्धन गर्दै लान योगदान पुगोस ।