आज :

बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिए

  • अनलाइन डबली

रौतहट । बारामा भएको मतदाता नामावली संकलनमा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन ।

सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता संकलनको कार्य गरेको थियो । असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य मङ्सिर ५ गते अर्थात शुक्रवारबाट सकिएको हो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीका अनुसार २४ हजार ६ सय ६४ जना नयाँ मतदातामा थपिएका छन  ।

जस मध्ये पुरुष ६ हजार २ सय ८ र महिला ४ हजार ७ सय ५४ जना गरि कुल १० हजार ९ सय ६२ जना नागरिकताबाट नयाँ मतदाता थपिएको उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र मार्फत १३ हजार ७ सय २ जना थपिएको उनले जानकारी दिए ।

अब बारामा कुल मतदाताको संख्या ४ लाख ५२ हजार २ सय ४१ जना रहेको उनले उल्लेख गरेका छन । सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको कार्य सकिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal