आज :

जोखिममा राष्ट्यि फुल लालीगुराँस, दाउरा र ठेकीका रुपमा प्रयोग,

  • अनलाइन डबली

राष्ट्रिय फूल लालीगुराँसलाई हुम्लामा दाउरा, झिक्रा र ठेकी लगायतका काष्ठकलाका लागि प्रयोग गरिन्छ । न त यसको संरक्षणका लागि कुनै काम गरिएको छ । न त सचेतनाका लागि कुनै कार्यक्रम सञ्चालन गरिएको छ ।

२०१९ सालमा राष्ट्यि फूलको रूपमा नामाकरण गरिएको हिमाली यो सुन्दर फूल हो । यो नेपालमा दर्जनौँ प्रकारका फूलहरू माघ महिनादेखि साउन महिनासम्म फूल्ने गरेका छन् । यसैले पनि सेतो हिमालको क्यानभास हरियो पहाडको च्यादरलाई सुशोभायमान लालिमायुक्त रङ पोत्ने बनस्पति लालीगुराँस हो । यसैले पनि यसको बनास्पतिक उपयोगभन्दा पनि राष्ट्रिय महत्व बोकेको छ । तर पनि सरकारी पक्षले न त यसको संरक्षणका लागि कुनै कार्यक्रम ल्याएको छ । न यसको महत्वका बारेमा जानकारी आदानप्रदान गर्ने गराउने गरेको छ ।

हुम्लामा लालीगुराँसलाई राष्ट्यि फूलभन्दा पनि यसलाई एक अचुक औषधीय गुण बोकेको बनस्पतिका रूपमा बुझ्ने र प्रयोग गर्ने गरेका छन् । यसको प्रयोग आँखा, घाँटी, शीत, पेट, औलो, खकार, अजीर्ण तथा अन्य रोगका लागि एकल तथा मिश्रित रूपमा प्रयोग गर्ने गरिएको छ ।

कानुनी अज्ञानता क्षमा योग्य हुँदैन भन्ने गरिए पनि नेपालको ग्रामीण बस्तीमा स्थानीय प्रथा र संस्कारले स्थानीय समाज व्यवस्थापन गर्ने गराउने भएकाले कानुनी सारक्षरताको अभावको उदाहरण हुम्लामा पनि राष्ट्रिय फूल लालीगुराँस नासमास गर्ने चलन एक मान्न सकिन्छ । यसैले हाम्रा राम्रा र कानुनले बन्देज गरेका कुरा दैनिक रूपमा प्रयोग हु“दै आएका छन् ।

यसै गरी हुम्लाको तल्लो भेगमा लालीगुराँसलाई माछा मार्ने र माछाको मासुको परिकार बनाउनमा प्रयोग गरिन्छ । यसका अलवा ठेकी, जुस, सयो, टोल्जुमजस्ता काठका भाँडावर्तनहरू बनाउन प्रयोग गरिन्छ । यसबाट बनाएका काठमा भाँडामा गोरस राख्न अति राम्रो, मीठो हुने मान्यता गाउँघरमा स्थापित छ ।

लालीगुराँस संरक्षणसम्बन्धी कार्यक्रम समयमा नै तय नहुने होभने यो बनविनाशको शिकार हुने निश्चित छ । राष्ट्रिय फूल भएर मात्र होइन, हाम्रो जैविक विविधताको महत्वपूर्ण सूचक, बसन्तको सूचक फूल भएकाले यसलाई संरक्षण गर्ने र आन्तरिक पर्यटनको रुपमा विकास गर्नु जरुरी छ ।

समाज र संस्कृतिअनुसार विकास र निकासका काम नगरेर माथिबाट लादिएको कार्यक्रम सञ्चालनमा आउनु, राष्ट्रसेवकका नभएर कर्मचारीको रूपमा जागिर राख्नु, कोठे कार्यालमा तय गरेका कामहरू प्रक्रियातग रूपमा लागू गर्नुजस्ता विभिन्न कारणले पनि हाम्रा धेरै राम्रा कुराहरू नाँसमाँस हुने गरेका छन् । यसैको एक नमुना हुम्लामा राष्ट्रिय फूल लालीगुराँस दाउरा र ठेकीको रूपमा प्रयोग गर्न अझै पनि छुट भइरहनू ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal