काठमाडौं । पहिला देश(पिपुल्स रेभ्यूलेसन)का संयोजक एसपी साहलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार सो बारे सचिवालय सदस्य सुनिल सिंहले अनलाईन डबलीलाई बताए ।
केपी ओली र एमालेले शान्त हुँदै गएको देशको माहौललाई भड्काउने योजनासहित अगाडि बढेको भन्दै आज विहानैबाट पहिला देशले देशभर प्रदर्शन गरेको थियो । सरकारले जेनजीको मार्म र भावना विपरित जेन्जी दमन गरेका तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई नपक्रेको आरोप लगाउँदै आएको छ ।



अनलाइन डबली


