आज :

चार हजार मिटर माथिको गाउँमा ग्रीनहाउस

  • अनलाइन डबली

लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार ।

लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो परियो पनि एक नयाँ विषय र सन्दर्भ बन्ने गरेको जानकारी लिमी हल्जी गाउँका खेन्राव लामाले बताए ।

उनले पनि ठूलो लगानी र दुःख गरेर आफ्नो घरको अगाडि ग्रीनहाउस तयार गरेको तीन वर्ष भयो । हिउँभित्र हरियो तरकारी खान पाउँदा अनौठो, अचम्म र एक जादुमय अनुभव भएको बताए ।

लिमी तीन गाउँको बस्ती पनि चार हजार मिटरभन्दा अग्लो छ । यसैले यो क्षेत्र टुन्ड्रा वनस्पतिले भरिने क्षेत्र भएकाले यहाँ हरियो वस्तु नै एक नौलो हुने स्थानीयहरू बताउने गर्छन् ।

यसरी तीन चार वर्षदेखि सीमित मात्रामा भए पनि ग्रीन हाउस बनाएर हिउँदको समयमा सागपात खान पाउनु पनि एक ऐतिहासिक र नौलो भएकाले यो काम प्रति स्थानीय गाउँलेहरू आकर्षित भए पनि काठ टाढाबाट आपूर्ति गर्नुपर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने देखिन्छ । यसमा केही लगानी धेरै भए पनि स्थानीयबासीहरूको स्वास्थ्य सुधार आउन सक्ने भएकाले यसलाई सबै क्षेत्रले एक पटक सोच्नु पर्ने बेला आएको वडा अध्यक्ष पाल्जोर लामाको मत रहेको छ ।

लिमीका लागि ग्रीनहाउस एक नौलो, राम्रो र स्थानीयहरूको स्वास्थ्यमा सुधार ल्याउने राम्रो अभियान हुन सक्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal