आज :

सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु

  • अनलाइन डबली

सर्लाही । सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – ७, भगवानपुर निवासी ललिता देवीका १५ महिने बालक आर्यन कुमार महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ललिताले बालटिनमा कपडा धोई सुकाउन गएको समयमा आर्यन खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए।

बालकलाई तत्काल उपचारका लागि अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal