आज :

दलहरुले टुंगो लगाए सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम , १३ मन्त्रीले आजै सपथ खादै  ( नाम सहित )  

  • अनलाइन डबली
messenger sharing button
linkedin sharing button
sharethis sharing buttonकाठमाडौँ सत्तारुढ दलहरूको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगोलगाएका छन् । आज  मंगलबार  माओवादी, एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएका हुन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल  परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्‍ने लगभग पक्का भएको  छ ।

यसै गरि नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाएको छ । जसमा नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाईसकेका छन् ।

त्यस्तै सञ्चारमन्त्रीमा माओवादी बात रेखा शर्मालाइ प्रस्ताव गरिएको  छ , भने सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने सहमति भएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य  प्रशासनमन्त्रीमा अमनलाल मोदीलाई बनाउनेमा एकमत  भएको एक नेताले जानकारी दिए ।

यसै गरि आजै राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान बसेको संसदीय दलको बैठकले  मन्त्रीहरूको नाम आजै  टुंग्याएको छ ।

रास्वपाबात तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तय भएको छ , भने  भागमा आएको दुई मन्त्रालयमध्ये श्रम मन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा मन्त्री शिशिर खनाल चयन भएका छन् ।

सरकारमा समर्थन रहेका अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । उपप्रधानसहित ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्‌देन, कानुनमन्त्रीमा ध्रुबबहादुर प्रधान र सहरी विकास मन्त्रीमा विक्रम पाण्डेको नाम सहमति भएको बुझिएको छ  ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal