आज :

गर्भवतीको मृत्युपछि स्वास्थ्यमन्त्रीको राजीनामा, उत्कृष्ट काम भन्दै धानमन्त्रीले दिए धन्यवाद

  • अनलाइन डबली

काठमाडौं । प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले  पदबाट राजीनामा दिएकी छन् । यसरी नैतिकताको आधारमा राजिनामा दिने पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडो हुन् ।

एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन ।

विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् ।

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । प्रधानमन्त्रीले टेमिडोको उत्कृष्ट कामका लागि धन्यवाद दिएका छन् ।

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको प्रसूति वार्डमा ठाउँ अभाव भएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसै क्रममा उनको मृत्यु भयो ।

गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ । सुत्केरीको शल्यक्रिया र उनीहरुको बच्चालाई बचाइएको छ । बच्चा भने स्वस्थ छन् । महिलाको मृत्युबारे अनुसन्धान सुरू गरिएको छ ।

यता म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतको साथै विजय प्राप्त गरेको थियो ।

सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेका सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो । सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ ।

सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ । सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो ।

यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal