आज :

सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो

  • अनलाइन डबली

काठमाडौं । चमक, ग्ल्यामर र स्टाइलको संसारमा बिल्कुलै नयाँ अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ TECNO Spark Go 2) नेपाली बजारमा सार्वजनिक भएको छ । अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रिएको हो ।
लाखौंको सपना बुझ्ने एक नायकको आगमन भएको भन्दै कम्पनीले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित ‘टेक्नो स्पार्क गो–२’ नेपालमा सार्वजनिक गरेको हो ।
टेक्नो मोबाइलका सीईओ, अरिजित तलापात्राका अनुसार प्रविधि सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता अनुरुप उच्च स्तरीय फोनका सुविधाहरूसहित नयाँ ‘टेक्नो स्पार्क गो–२’ बजारमा ल्याइएको हो ।
‘टेक्नोको मान्यता छ कि राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ। हामीले स्पार्क गो–२ मार्फत धेरै उच्च स्तरिय फोनका जस्ता सुविधाहरू जस्तै–अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन, र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा यसमा छ । नेपालमा रु ११,४९९ को मूल्य कायम गरेका छौं । नेपालभरका हाम्रा ग्राहकहरूका लागि उपलब्ध यो फोन बलियो, स्मार्ट र सबैका लागि उपयोगी छ।’
गुणस्तरसँग कुनै सम्झौता नगरी डिजाइन गरिएको, यसको सुसज्जित डिजाइन र उत्कृष्ट बनावटले आत्मविश्वास र प्रिमियमनेसको अनुभव प्रदान उनको दाबी छ । सम्पूर्ण उपभोक्ता वर्गको आवश्यकतालाई मध्यनजर गरी बजारमा ल्याइएको उनले बताए ।
मुख्य विशेषताहरू:
उत्कृष्ट डिजाइन: उच्च श्रेणीका फोनहरूबाट प्रेरित ट्रेन्डी र आइकनिक डिजाइन। Ink Black, Titanium Grey, Veil White, र Turquoise Green जस्ता आकर्षक रङहरूमा उपलब्ध यो फोनले यसलाई अद्वितीय पहिचान दिएको छ।
ब्लकबस्टर डिस्प्ले : ६.६७ इन्चको ठूलो HD+ स्क्रिनमा १२०Hz रिफ्रेस रेट को स्मूथ अनुभव रहेको छ। यसमा हरेक स्वाइपमा सिनेमा हेरेको जस्तो महसुस हुन्छ।
भरोसायोग्य अवतार : IP64 रेटिङ का कारण यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित छ। चाहे झरी होस् या धुलो भरिएको मौसममा, TECNO Spark Go 2 हरेक ‘क्लोज-अप’ का लागि तयार रहन्छ।
सुपरहिट ब्याट्री: ५०००mAh को ब्याट्री जसले दिनरात नन-स्टप पर्फर्मेन्स सुनिश्चित गर्दछ।
टुटाउन नसकिने सिग्नल: यसले उत्कृष्ट सिग्नलको छनोट गर्दछ । यसको नेटवर्क बिना सञ्चार फिचर प्रयोग गरी ४०० मिटरसम्म टाढा नेटवर्क नभएको ठाउँमा समेत कल गर्न सकिन्छ।
Ella AI (एला एआई) : जुनसुकै बेला, जुनसुकै स्थानमा शक्तिशाली बनाइराख्न यसमा Ella AI नामक सर्वव्यापी AI सहायक उपलब्ध छ।
स्टार पर्फमर: Unisoc T7250 प्रोसेसर र ४GB RAM तथा ६४GB स्टोरेज द्वारा सञ्चालित यो फोनले स्मूथ अनुभवको ग्यारेन्टी दिन्छ। साथै, ४ वर्षसम्म ल्याग-फ्रि पर्फर्मेन्स पनि दिन्छ ।
लाइट्स, क्यामेरा, एक्सन: १३MP को रियर क्यामेराले ‘स्टार पावर’ कैद गर्छ । हरेक पललाई ब्लकबस्टर बनाउन तयार रहन्छ।
सुमधुर साउन्डट्र्याक: DTS अडियो ट्युनिङ सहितको स्टेरियो स्पिकर जसले ‘फिल्मी’ सराउंड साउन्डको अनुभव दिन्छ।
स्मार्ट हिरो मुभ: साइडमा रहेको फिंगरप्रिन्ट स्क्यानर र IR ब्लास्टरले टिभी/एसी नियन्त्रण गर्न सक्छ।
ब्लकबस्टर डिजाइनदेखि पावर-प्याक्ड पर्फर्मेन्ससम्म, Spark Go 2 केवल एक फोन मात्र होइन, यो सुपरस्टारको नयाँ अवतार हो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal