आज :

छायाँनाथ र ललितपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध

  • अनलाइन डबली

मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नरपालिका र ललितपुर महानगरपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना गरेका छन् ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम र ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महार्जनबिच बिहीवार छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले मुगुमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेको उल्लेख गर्दै काठमाडौं हुँदै मुगुको रारा ताल, छायाँनाथ धामसम्मको सडक निर्माण र यहाँको पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा पालिका बिच जोड भएमा यहाँका  स्थानीयलाई आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताए ।

काठमाडौंका धार्मिक तीर्थस्थल मुगुसम्म जोड्न सकियो भने भारतीय र तिब्बती पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको भन्दै उनले छायाँनाथ राराले त्यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको बताए ।

भामका अनुसार नेपालको सबैभन्दा ठुलो र सुन्दर रारा ताल, त्यसैगरी बिश्वका चार धाम मध्येको सबैभन्दा जेठो छायाँनाथ धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिकालाई भगिनी मैत्रीपूर्ण सम्बन्धका आधारमा सहकार्य गरिने उल्लेख गरिएको छ ।

साथै मुगुको राराताल हुँदै छायानाथ धामसम्म पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर प्रमुख भामले भने, ‘ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षको मङ्सिरदेखि पर्यटकीय क्षेत्र रारा ताल र जिल्लाको सदरमुकामसम्म दुई सय वटा सोलार लाइट जडान हुनेछन् ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार दुर्गम हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएर पर्यटन, विकास र सेवा प्रवाहका क्षेत्रमा अनुभव आदानप्रदान गर्न पाउँदा उत्साहित भएको बताउँदै सांस्कृतिक र जनस्तरको सम्बन्धलाई बन्नेमा विश्वस्त रहेको बताए ।

दुवै पालिकाले स्थानीय उत्पादनको प्रवर्धन, बजार व्यवस्थापन, पर्यटन पूर्वाधारको विकास र धार्मिक सम्पदाको संरक्षणमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएका छन् ।

धार्मिक पर्यटन प्रवर्धनमा नीति, योजना र कार्यान्वयनका विषयमा छलफल गरिने उल्लेख गरिएको छ । ललितपुर महानरपालिकाले मुगुको स्थानीय उत्पादनको प्रवर्धनमा त्यसैगरी धार्मिक र पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्नेगरी सहमति भएको छ ।

ललितपुर महानगरपालिकाको टोली मुगुको पर्यटन र धार्मिक क्षेत्रको भ्रमणमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal