काठमाडौँ – नेपालभाषाका नयाँ तथा पुराना पुस्तक प्रदशनको सुभारम्भ भएको छ । नेपाल भाषा एकेडमीका चान्सलर यज्ञरत्न धाख्वाले आज बिहिबार प्रज्ञाभवन कमलादीमा एककार्यक्रम बीच प्रदशनीको सुभारम्भ गर्नु भयो ।
तीन दिन सम्म संचालन हुने प्रदशनीको उत्घाटन गर्दै एकेडमी चान्सलर धाख्वाले पुस्तक प्रदशानिले लेखक तथा प्रकासकलाइ आफ्नो लगाएत पुस्तक एकै स्थानमा पाठकका लागि उपलव्ध गराउन सक्ने र पाठक बर्गमा सबै विषयका पुस्तक एकै स्थानमा प्राप्त गर्न सहज हुने धारणा राख्नु भयो । नेपालभाषाका बिभिन्न पांच पुस्तक प्रकाशन सस्थाबात प्रकाशन गरेका नेवा : समुदाय भित्रका पुराना कथा , साहित्य , मुक्तक , इतिहास ,हाइकु ,उपन्यास , बालकथा लगाएत विषयका पुस्तक प्रदशनीमा रहेका छन् ।
प्रदशनीका बीच गुंपुन्हि ( जनैपूर्णिमा ) शुक्रबार अपरान्ह २.३० बजे कविरत्न सिद्धि चरण श्रेष्ठ द्वारा रचित सीस्वां, फूस्वां र भूषण प्रसाद श्रेष्ठ द्वारा रचित छन्द ७७ र नेवार भाषामा लेखिएका गजल पुस्तक विमोचन हुने भएको छ । यसै गरि गुंलागाःसापारु ( गाइजात्रा ) २८ गते सनिवार अपरान्ह २.३० बजे हास्यब्यंग्य साहित्यिक सम्मेलन हुने आयोजकले जानकारी दिएका छन् ।
प्रदशनीको अन्तिम दिन आइतवार अपरान्ह १२ बजे बात साँझ ६ बजेसम्म प्रदशनी रहने भएको छ ।