आज :

‘नमोबुद्ध’ राजकुमार महासत्वले आफ्नै मासु काटेर भोकले छटपटाएकी बाघिनिलाई खुवाएको इतिहास यस्तो छ

  • बुद्धशरण शाही

पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ।

राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुरा हो , पाञ्चालका देशका राजा र रानी सत्यवातिका तीन छोरा महादेव ,महाप्रशाद र महासत्व  थिए। एकदिन तिनै जना राजकुमार पाञ्चाल देश बात दुइ घण्टा पैदल पुग्नसकिने गन्धमान पर्वत माथि जंगलमा सधै जसो शिकार खेल्न गएछन। उनीहरुले घना जंगल बिचमा एक बाघिनी र संगै ससाना डमरु खान नपाई छात पतिरहेको अशक्त अवस्था छातपताइरहेको देखेछन ।

अगाडी पछाडी सिपाइ का साथ रहेका राजकुमारलाइ ऋदय  विदारक त्यो दृश्यले कुनै असर गरेन र आफ्नै बाटो लागे। तर कान्छा राजकुमार महासत्वलाइ बघिनीको त्यो छातपताहतले निकै दुखित तुल्यायो र उनले दाजु मन्त्रिगण , सिपाईको आखा छल्दै भोकाएका बाघिनी भएको स्थाना फर्केर पुगे। आफ्नै शरिको मासु ति बघिनीलाइ थाले उता लावा लस्क सहित पाञ्चाल देश दरवार पुगेका दुइ राजकुमार र मन्त्रीले राजकुमार महासत्वलाइ देखेनन् । निकै समय पर्खदा सम्म पनि ति राजकुमार फर्केर नआए पछि राजा रानी , मन्त्रिगण लस्कर सहित पुनः गंदमान पर्वतको जंगलमा पुग्दा राजकुमारले लगाएको आभूषण संगै हड्डीखोर मात्रा भेटे।

त्यतिखेरसम्म बघिनी रिष्ट पुस्त भइ पुन जीवन पाइसकेका थिए। यसरी एउटी भोकाएर अशक्त छटपटी रहेका बाघिनीको प्राण रक्षार्थ आफ्नो ज्यानै दिने महान आत्माको सम्मानार्थ कलिगत संवत ९७४मा राजा महारथ र रानी सत्यवतीले गन्धमान पर्वतकै टुप्पोमा ति हाड्डी खोर जम्मा गरि स्तुपा बनाई दिएको बताइन्छ । पछि राजा रानीले पनि सोहि चैत्यमा बाकि जीवन बिताउने निर्णय गरेपछि सुवर्ण नदि छेउ कनक मुनि ऋषी तीर्थबगरमा कुटी बनाई तपस्या गरि बसे। तथ् पश्चात राजा रानी शंखेस्वरी अजा -अजीमा ( बाजे – बजै ) को नाममा प्रख्यात बन्न थाल्यो।

राजकुमार महासत्व्ले प्राण त्यागेको दिन चैत कृष्ण द्वादशी तिथिमा प्रत्यक बर्ष नेपाल संवतको नवै महिना गुँला पर्वको अवसरमा नमोबुद्धमा ठुलो मेला लाग्ने गर्दछ। भनिन्छ भगवान गौतम बुद्ध समेत लुम्बिनीबात काठमाडौँ भक्तपुर , नाला हुदै हिडेर दाप्चा पुगी राजकुमार महासत्वको महान त्याग भावनाको कदर गर्दै नमो बुद्ध भन्दै वन्दना गरेको कारण हालको सो गंधमान पर्र्वतको नाम “नमोबुद्ध ” नाम रहन गएको मानिन्छ। प्रत्यक बर्ष भाद्र कृष्ण द्वादशीका दिन नामो बुद्धलाई खतमा राखी राजकुमार महासत्वको जन्म घर  “  काशीवर्ण महाविहार  ”  हाल पनौती तलेजु संगै लगि दीपंकर जात्राका साथै आज्ञा अजिमाको जात्रा गर्ने परम्परा चलिआएको छ  ।

नेपाल  मण्डल सम्पदा बात – 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal