आज :

जेलेन्स्कीलाई अहिलेसम्मकै ठूलो सफलता, खेरसनमा रुसी सेनाको लागि आपूर्ती बन्द

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनी सेनाले रुसी सेनाको लागि आपूर्ती अवरुद्ध बनाइदिएको छ । खेरसन कब्जा गरेकी रुसी सेनाको लागि आवश्यक पर्ने हतियार र गाडीको सप्लाई रोकेको हो । लामो सयमदेखि खेरसन गुमाएको युक्रेनी सेनाले पुल ध्वस्त बनाएसँगै रुसी सेनाको लागि हुने आपूर्ती अवरुद्ध भएको हो ।

अमेरिकाले दिएको लामो दुरीमा क्षेप्यास्त्र प्रहार गरेर युक्रेनी सेनाले खेरसनको एन्टोनोभ्सकी पुल भत्काई दिएको छ । पुत भत्काएसँगै यो क्षेत्रमा हुने आपूर्ती बन्द भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको छ । युक्रेनका काउन्टर कार्यालयलाई रुसी सेनाको आपूर्ती अबरुद्ध भएको बताउँदै यसबाट युक्रेनी सेनालाई लडाइँमा सहयोग पुग्ने बताएको छ ।

यसैबीच युक्रेनी रक्षामन्त्रालयले खेरसनमा रुसी सेनाले लुक्ने स्थान देखाउन नागरिकलाई अपील गरेको छ । रुसी सेनालाई सहयोग नगर्न समेत नागरिकलाई भनेको छ । यसअघि खेरसनको एयरपोर्टमा लामो दूरीका मिसाइल प्रहार गरेर रुसी सेनाको ठूलो क्षति भएको दाबी युक्रेनले गरेको थियो । त्यो बेला रुसी सेनाका हतियार गोदाम ध्वस्त भएको बताउँदै युक्रेनी रक्षा मन्त्रालयले खरसन फिर्ता लिने दाबी गरेको थियो ।

युक्रेनमा रुसविरुद्ध लडिरहेका दुई अमेरिकी नागरिकलाई फाँसी दिइएको छ । युक्रेनबाट अलग राज्यको घोषणापछि संचालन भइरहेको स्थानीय गणराज्य सरकारले अमेरिकी सेनालाई फाँसीको सजाय दिएको हो । उनीहरु अमेरिकी सेना भएको पुष्टि भएपछि स्थानीय अदालतले फाँसीको फैसला गरेको थियो ।

यसअघि पनि दुई बेलायती नागरिकलाई पनि फाँसीको सजाय सुनाईएको थियो । केही सयम पहिलेदेखि पनि रुसी सेनाले युद्धमैदानबाटै कब्जामा लिएर युद्धबन्दी बनाइएका अमेरिकी नागरिकले आफूलाई सरकारले नै लड्न पठाएको बताएका थिए । उनीहरुको बयनपछि दुबै जनालाई फाँसीको आदेश अदालतले दिएको थियो ।

अमेरिकाले पनि आफ्ना दुई नागरिक पूर्वी डोनबास क्षेत्रमा मृत्यु भएको बताएको छ । उसले डोनबास क्षेत्रमा भएको झडपमा मृत्यु भएको भनेपनि अहिले सो क्षेत्रमा कुनै पनि झडप नभएको बताइएको छ । डोनबासको सम्पूर्ण रुसी सेनाको कब्जामा भएकोले सो क्षेत्रमा झडप नभएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनले रुसलाई जित्न नसक्ने बताएका छन् । कन्जरभेटिभहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मस्को र वाशिङटनबीच शान्ति वार्ता गरेर मात्र युद्ध अन्त्य हुने उनले बताएको बीबीसीले उल्लेख गरेका छ । युक्रेन घटनालाई लिएर युरोपेली नेताभन्दा फरक धारणा राख्दै आएका ओर्बानले भने, “युद्ध जित्ने रणनीतिभन्दा फरक रूपमा शान्ति वार्तामा केन्द्रित भएर समाधान खोज्नुपर्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal