आज :

इण्डिगोका धेरै कर्मचारी एकै पटक विरामी बिदा लिएर एअर इण्डियामा अन्तर्वार्ता दिन गएपछि.…

  • अनलाइन डबली

काठमाडौं । भारतको ठूलो मध्येको एक विमान कम्पनी इण्डिगोका धेरै कर्मचारीले गत शनिबार एकै दिन विरामी बिदा लिए । जसको असर इण्डिगोको उडानमा पर्‍यो । त्यसदिन उसका ५५ प्रतिशत उडान ढिलो गरी भए ।

एकै दिन धेरै कर्मचारीले बिरामी बिदा लिए पनि उनीहरु खासमा बिरामी भएका थिएनन् । उनीहरु अधिकांश बिरामी बिदा लिएर एअर इण्डियामा जागिरका लागि अन्तर्वार्ता दिन गएको पाइएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

एयर इण्डियालाई टाटाले टेकओभर गरेको छ र उसले सेवा विस्तारका लागि नयाँ कर्मचारी भर्ना गरिरहेको छ । शनिबार क्याबिन क्रुका रुपमा काम गर्ने कर्मचारी छनोटका लागि अन्तर्वार्ता तोकिएको थियो ।

कर्मचारी अभावमा इण्डिगोको उडानमा ढिलाइ भएको बारेमा डायरेक्टोरेट जनरल अफ सिभिल एभिएशन डीजीसीएमा उजुरी पनि परेको छ ।

इण्डिगोले आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दैनिक १ हजार ६०० उडान गर्छ । शनिबार उसका ४५.२ प्रतिशत उडान मात्र समयमा भएका थिए । जबकी डीजीसीएले मासिक रुपमा निकाल्ने प्रतिवेदनका अनुसार इण्डिगोले ८० प्रतिशत उडान समयमा हुने गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal