आज :

पुटिनद्वारा युक्रेनको सीमामा तैनाथ आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन

  • अनलाइन डबली

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन् ।

खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अभ्यासमा आणविक हतियारहरू पनि समावेश हुने र हतियारहरूसँग कसरी तयारी गर्न सकिन्छ र तिनीहरू केका लागि प्रयोग गर्न सकिन्छ भनेर तयारी अवस्थामा रहन निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

युक्रेनसँग युद्ध सुरु भएदेखि नै पुटिनले आणविक हतियारलाई लिएर पटक पटक अन्तर्राष्ट्रिय जगतलाई धम्क्याउँदै आएका छन् । पछिल्लो समय फेब्रुअरीमा पनि उनले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए ।

रुसी सेनालाई युक्रेनबाहेक पश्चिमा देशबाट पनि खतरा रहेको भन्दै पुटिनले आफ्ना सेनालाई तयार रहन निर्देशन दिएको रुपमा विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकाले पछिल्लो पटक लामो दूरीमा मार हान्ने शक्तिशाली हतियार युक्रेन पठाएपछि पुटिनले त्यसको कडारुपमा जवाफ दिने तयारी गरेको रुसी सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal