काठमाडौं । जसपा नेपाल विभाजनबाट तर्सिएका रास्वपाका सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् ।
उपचुनावमा धरौती जफत भएपनि बैठक टार्दै आएका लामिछानेले जसपा विभाजनपछि भने बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा बजेट अधिवेशन, उपचुनावको समिक्षा गर्ने नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धनको तयारी थालेपछि जसपा विभाजन भएको चर्चा चलिरहेको बेला त्यसबाट रास्वपा पनि तर्सिएको बताइएको छ ।