आज :

करदाता व्यापार ब्यवसायीलाई सरकारले सम्बोधन गर्नुपर्ने :उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

  • पदम श्रेष्ठ

काठमाडौँ  ।उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संविधानले दिएको अधिकार अनुसार समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
ललितपुर तयारी पोसाकको व्यापार सङ्घको रजतजयन्ती र २६ औं वार्षिक साधारसभालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले उद्योग र व्यवसायलाई प्राथमिकतामा राखेर काम गरिरहेकोका बताउनुभयो ।
उहाँले सरकारले ल्याउने आगामी बजेट उद्योग, व्यवसायमैत्री हुने र यस क्षेत्रका विज्ञहरूको सुझावलाई समेत प्राथमिकता दिने बताउनुभयो ।
डा. तोषिमा कार्कीले तयारी पोसाकको व्यवसाय र उद्योग फैलाउने वातावरणका लागि राष्ट्रिय स्वतन्त्रता पार्टी र आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय हुने बताउनुभयो ।
नेपाल व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले भन्सारमा राजस्व नतिरी चोरीछिपी सामान भित्र्याउनेहरूका कारण राजस्व तिरेर सामान आयात गर्ने व्यापारीलाई व्यापार गर्न गाह्रो भइरहेको बताउनुभयो ।
चीनबाट मात्र तीन अर्वको सामान आयात भइरहेको भारतबाट नेपालमै बनाउन सकिने सामाग्री समेत आयात हुँदा नेपाली तयारी पोसाक उद्योगी र व्यवसायीलाई समस्या भइरहेको बताउनुभयो ।
साथै नेपाली व्यवसायीले १२ प्रतिससम्म व्याजदरमा ऋण लिएर काम गर्नुपर्ने, नेपालमा पनि उत्पादन गर्न सकिने सामग्री चीन र भारतबाट विना रोकटोक नेपाल भित्रिने र भन्सार छलेर सामान ल्याउने प्रवृत्तिले नेपाली तयारी पोसाक व्यापारी र व्यवसायीलाई समस्या भइरहेको सहभागी व्यवसायीको भनाई छ । यसै विच ललितपुर महानगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमबार वाणिज्य व्यापारको प्रवद्र्धन र कार्ययोजना बारे सुझाब संकलन कार्यक्रम आयोजना भएको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यको सभापतित्वमा आयोजित सो कार्यक्रममा अधिकाशं व्यापार ब्यवसायीले कर तिर्नुको उपादेयता स्पष्ट हुनुपर्ने , करदातालाइ सम्मान र संरक्षण गर्नुपर्ने र जथाभाविरुपमा बढ्दै गईरहेको सडक ब्यापारीहरुलाई कार्यवाही गर्न छोडी उल्टै खुल्लम खुल्ला छोडीदिदा पसल भाडा ,करदाताहरु विस्तापित हुनुपरेको बताएका थिए ।
नगरवासी अर्थात उपभोक्त्ता संघका सभापति प्रेमलाल महर्जनले खुल्ला चउर ,पोखरी ,पार्क ,पाटन औद्योगिक क्षेत्र ,विश्व सम्पदा क्षेत्र भित्रपनि थुप्रै पर्यटकिय स्थानलाई आयश्रोतको माध्यम बनाएर कर उठाउन सक्ने अवसरहरु रहेको स्पष्ट गर्दै उहाँले करको दर होईन कि दायरा बढाउन सुझाव दिनुभएको थियो ।
राजस्व संयोजक पुर्णबहादुर महर्जनले नगरपालिकाबाट भैरहेका विभिन्न प्रकारको तालिम उद्योग बाणिज्य संघसंगको सहकार्यमा हुन सके आवश्यक जनशक्ति उत्पादनमा सहज हुने बताउनुभयो भने महानगरपालिकाका राजस्व सचिव प्रेम थापाले सम्र्पुण कर अनलाईनबाटै हुने बताउनुहुदै भवन तथा अभिलेखिकरण कर ८१ ,८२ सालदेखि करको दायरामा लैजाने तयारी भैरहेको बताउनुभयो ।
कर्पोरेट कम्पनीको कर संघिय सरकारले र व्यक्तिगत घर कर मातपोत मात्र स्थानिय निकायले लिने गरेको स्पष्ट पार्दै २० हजारभन्दा कम वहालकर टिर्न नपर्ने ब्यवस्था भएको जानकारी गराउनुभयो । करदाताको सम्मान र सहजताको लागि सम्र्पुण जानकारी अनलाईनमा राखिएको र सहजताको लागि सुचना अधिकारी रहेको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal