आज :

मिसाइलको गोदाम खोल्न पुटिनको आदेश, नयाँ मिसाइलले जेलेन्स्की लुकेको बंकर ध्वस्त पार्न सक्ने !

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चार महिनाअघि सुरु गरेको सैन्य अप्रेशन निर्णयक मोडमा पुर्याउने योजना बनाएका छन् । पश्चिमा देशहरुले लम्ब्याउन खोजेका छन् । तर, रुसले निर्णयक महलाको योजनामा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । पश्चिमा देशहरुले अस्त्र र जनशक्ति पठाएकै कारण युक्रेनलाई दिएकै कारण युद्ध लम्बिएको बताइन्छ ।

पश्चिमा देशहरु लामो समयसम्म युक्रेन युद्धमा फसाउन चाहेको भन्दै रुसी अधिकारीहरुले बताउँदै आएका छन् । उनीहरुले आफू विरुद्ध लागेमा राम्रो नहुने भन्दै युक्रेनलाई सहयोग नगर्न पनि चेतावनी दिँदै आएका छन् । हालै सम्पन्न नेटोको बैठकमा रुसविरुद्ध थप नाकाबन्दीको साथै युक्रेनलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

पछिल्लो निर्णयले नेटो प्रत्यक्ष युद्धमा आएको रुसी संचारमाध्यमहरुले बताएका छन् । रुसी अधिकारीहरुलाई उदृत गर्दै समाचारमा अहिलेको युद्ध पनि युक्रेनसँग नभएर पश्चिमा देश र रुसबीच भएको उल्लेख गरिएको छ । यसलाई पनि निर्णय बनाउने योजनामा रुस रहेको बताइएको छ । पश्चिमा देशहरु युक्रेनमा प्रत्यक्ष आउन थालेपछि राष्ट्रपति पुटिनले मिसाइलको गोदाम खोल्न आदेश दिएका छन् । गोदाममा अहिलेसम्म प्रयोग नगरेका मिसाइल समेत भएको बताइएको छ । भारतीय संचारमाध्यम न्युज नेशनको रिपोर्टअनुसार पुटिनले खोल्न आदेश दिएको गोदाममा कलिब्र मिसाइल, स्कन्दर, बैश्चन, ओनिक्स, केएच–२२ जस्ता घातक मिसाइल रहेको बताइएको छ ।

कलिब्र मिसाइलः यसको मार क्षमता २ हजार ५ सय किलोमिटरसम्म रहेको छ । यसलाई जमिन, समुन्द्र र विमानबाट पनि प्रहार गर्न सकिन्छ । यसलाई रुसले अहिलेसम्म प्रयोग नगरेको बताइन्छ ।

स्कन्दर मिसाइलः यो युक्रेनमा प्रयोग भएको मिसाइल हो । रुसले युक्रेनमा केही दिनअघि पनि प्रहार गरेको बताइन्छ । यसको मार क्षमता ५ सय किलोमिटर रहेको छ । यसै सिमाइलले युक्रेनी सैन्य संरचना ध्वस्त बनाएको रिपोर्टमा बताइएको छ । पश्चिमा देशहरुले दिएका हतियार गोदाम ध्वस्त पनि यसै मिसाइलले गरेको दाबी गरिएको छ । यो क्षेप्यास्त्र ७ सय किलो परमाणु अस्त्र बोकेर निसानामा पुग्न सक्छ ।

बैश्चन मिसाइलः यो डिफेन्स सिस्टमको एक हिस्सा हो । यसले विरोधीले प्रहार गरेका मिसाइललाई आकाशमै ध्वस्त पार्न सक्ने बताइन्छ । यो युक्रेनमा प्रयोग भएको छैन । यसका मार क्षमता ६ सय किलोमिटर रहेको छ । यसको अर्को विशेषता भनेको एकै पटक ६ वटा प्रहार गर्नु । एकै पटक ६ वटा प्रहार हुने भएकोले विरोधी पक्षबाट गरिएको हमलालाई ध्वस्त पारिदिन्छ ।

ओनिक्स मिसाइलः यो छोटो दूरीको निकै प्रभावकारी मिसाइल हो । यो प्रत्यक्ष युद्धमैदानबाटै प्रहार गर्न सकिन्छ । यसले नजिक पनि सटिक निसाना लगाउँने रिपोर्टमा बताइएको छ । रुससँग भएका छोटो दूरीका मिसाइलमध्ये ओनिक्स सबैभन्दा प्रभावकारी भएपनि युक्रेनमा प्रयोग गरिएको छैन ।

केएच – २२ मिसाइलः यो रुससँग भएका शक्तिशाली मिसाइलमध्येको एक हो । एन्टीसीप मिसाइल हो । जल, जमिन दुबैबाट प्रहार गर्न सकिन्छ । यो २७ किलोमिटर माथि आकाशमा उड्न सक्छ । जमिनमा खासे करिब २० फिटको खाडल बनाउँछ । यो ५ हजार ६३५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा रफ्तार प्रतिघण्टा गतिमा प्रहार हुन्छ । यो हावाको गतिभन्दा पनि तीब्र गतिमा प्रहार हुनुको साथै सटिक निसाना लगाउँछ ।

यसअघि रुसले सोभियतकालिन क्षेप्यास्त्र पनि हमला गरेको थियो । स्नेक आइल्यान्डबाट हुने अन्न ढुवानी खुला गरेको रुसले बताएपनि युक्रेनले ब्ल्याक सीबाटै पराजित गरेको हल्ला चलाइरहेको बेला रुसले सोभियतकालिन क्षेप्यास्त्र प्रहार गरेको हो । ओडेसा क्षेत्रीय प्रशासनका प्रवक्ता सेर्ही ब्राट्चुकले सोभियतकालीन एक्स–२२ क्षेप्यास्त्रहरू प्रयोग भएको बताए ।

रुसले युक्रेनलाई हतियार सप्लाई नरोकेको भन्दै पोल्याण्डलाई निसाना बनाएर एक सय न्यूक्लियर स्कन्दर एम मिसाइल तैनाथ गरिसकेको थियो । रुसका सरकारी संचारमाध्यमहरुका अनुसार पोल्याण्ड पनि निसानामा परेको छ । पोल्याण्डभन्दा ८० किलोमिटर मात्रै टाढा रुसले न्यूक्लियर वारहेडसहितका स्कन्दर एम मिसाइल तैनाथ गरेको छ । जुन मिसाइलले पोल्याण्डलाई ध्वस्त पार्न सक्छन् ।

रिपोर्टमा गोदाम खोलिएका हाइरसोनिक मिसाइलले राजधानी किभस्थित राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लुकेर बसेको बंकर पनि ध्वस्त पार्न सक्ने क्षमताका भएको बताइएको छ । उक्त बंकरहरु दोस्रो विश्वयुद्धको बेला तत्कालिन सोभियत सेनाले नै बनाएको थियो । जेलेन्स्की त्यही बंकरमा लुकेर बसेको बताइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal