अन्तिम उपहार केबल दाउरा पठाए हुन्छ।
चिता जलाउन तिमी बरु नआए हुन्छ।।
मेरो यो मुटु हजरौले कुल्चिएको बगर हो।
सहन्छु एक पटक तिमिले पनि दुखाए हुन्छ।।
तिमी हुनेखाने हौ अपराध गर्न पाउछौ।
यहाँ त जाल्झेलमा गरिबलाइ पो सजाए हुन्छ।।
साथी हामी गरिबको समस्या पुग्न सक्दैन ठाउमा।
बरु जतिसक्दो लुकाउनु नै समाधानको उपाए हुन्छ।।
बाचुन्जेल मेरो कुरा काट्छस ए दुनिया।
मरेपछी त मेरो गुनगान नगाए हुन्छ।।
रमेश बिश्वोकर्मा
पन्चदेवल बिनयक अछाम
हाल काठ्मान्डौं