आज :

साउन, साउने झरी अनि तिमी

साउन, साउने झरी अनि तिमीमा
घुम्दै फिर्दै आउने साउनसंग
जोडिदै बर्सिने साउने झरीसंग
अनि साथसाथै ताजा हुने तिम्रो यादसंग
मैले पैठेजोरी खेलेको तिम्रो
रुझाउने बर्षातसंग
के म विन्ती विसाउन सक्छु यीनको तालमेल ?

हर बर्षातको साउन
अनि तिम्रो कालो रात ।
हर कालो रातको सुनसान झरी
अनि तिम्रो खराब याद ।।
उत्ताउलिएको तिम्रो जोबन
अनि मात्तीएका तिम्रा हर बात ।।
निस्सासींदो कालो रात
अनि अदम गाम्भिर्यताले ओत दिने तिम्रो साथ ।।
के म विन्ती विसाउन सक्छु यसको रहस्य ?

लोलाएका तिम्रा परेली
अनि सलबलाएका लालुपाते ओठहरु ।।
बुनिन थालेका तिम्रा शब्दकोश
अनि शब्दले दिने मर्मस्पर्षी चोटहरु ।।
हर एक बर्षको अन्तरालमा
तिमीसंगका यी अनुपम भेटहरु ।।
तिम्रै आगमनको लामो कुराई
अनि प्रतिक्षामा विताएका अनमोल क्षणहरु ।।
के म विन्ती विसाउन सक्छु यसको भावार्थ ?

मनै चुलबुल्याउने साउने आगमन
अनि हर वीजलाई उकास्ने तिम्रो झरी ।।
मन्द सुगन्ध दिने स्वच्छ पबन
अनी उत्तेजीत बनाई दिने मदिरा सरी ।।
हेर्दा नथाक्ने सुन्दर शान्त स्वरुप
स्वागत स्वीकार्य, हर चीजले सधैंभरी ।।
गगन किनारको बुट्टे बादल
खोला किनारका भ्याउकिरी ।।
नखरमाउलो तिम्रो आगमन
काउकुती लगाई दिने बर्षे झरी
काउकुती लगाई दिने घरी घरी ।।
के म विन्ति विसाउन सक्छु यसको तात्पर्य ?

साउन तिमी गर्ज
अनि तिम्रा बादलहरु बर्षिन पाउन् ।
साउन तिमी पर्ख
अनि तिम्रा प्यासहरु मेटिन पाउन् ।।
साउन तिमि फर्क
अनि तिम्रा अत्यासहरु भेटिन पाउन् ।।
साउन तिमी पर्ख
अनि तिम्रा हितैसीहरु जोडिन पाउन् ।।
र तिम्रा हितैसीहरु जोडिन आउन् ।।
के म विन्ति विसाउन सक्छु यसको औचित्य ?

तिम्रो कालो सुनसान रातको
अनि त्यो तिम्रो मायालु र मृदु साथको ।।
समझना तिनले गरुन्
जोडी त्यो तिम्रो उखरमाउलो मातको ।।
सान्त्वना तिमी देउ
स्पर्ष गरी कोमल हातको ।।
स्पर्ष गरी सितल हातको ।।
के म विन्ति विसाउन सक्छु यसको रहस्य ?

कतै नआएको पालुवा
पलाउँछ तिम्रो रुन्चे झरीमा ।।
साउन तिमि लाखौं लाख बाँच
बोकेर अनुपम अनगिन्ति गरिमा ।।
रसाएका यीं विम्ब
मसाज गरुन् तिम्रै रिमझिम झरीमा ।।
अनि तिम्रै सिमसिम झरीमा ।।
के म विन्ति विसाउन सक्छु यसको भावार्थ ?

लहै लहै झुल्ने लहरा
शोडषीको लामो केश सरी ।।
हरियाली फुल्ने पहरा,
ईन्द्र अप्सराको मायाबी देश सरी ।।
अजंङ्ग बृक्षका पाले पहरा,
उराठ लाग्ने चैत्रमा पनि याद आउने कठै बरी ।।
याद आउने कठै बरी ।।
के म विन्ति विसाउन सक्छु यसको अन्तरसम्बन्ध ?

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal