आज :

‘यस्तै लापरवाही भए हुम्लामा कोरोना खतरा भएर आउन सक्छ’

काठमाडौं ।  नेपालमा ‘दिन दुई गुणा र रात चौगुणा’का दरले कोरोना भाइरस फैलिँदै गर्दा सरोकारवालाहरुले कोरोना भन्दै आँत्तिहाल्न नहुने तर सर्तक भने हुनैपर्ने बताएका छन् । राजधानीको संवाद डबलीमा बुधबार‘गोबिन्द शाहीलाई शुभकामना तथा हुम्लाको कोरोना नियन्त्रणमा सरोकारवालाहरुको भूमिका’ विषयक भेटघाट कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् ।
हुम्ला जिल्लाको चंखेली गाउँपालिका दार्मा स्थायी घर भएका गोबिन्दबहादुर शाहीलाई हालै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तरगतको समाज कल्याण परिषदको सदस्य पदमा मन्त्रि परिषदले नियुक्त गरेको थियो । शाही परिषदमा पुग्ने पहिलो हुम्ली तथा साविकको कर्णालीको दास्रो ब्यक्ति हुन् ।

हुम्ला जिल्लाबाट प्रतिनिधी सभा सदस्य रंगमति शाहीले बधाई तथा शुभकामना दिँदै शाही त्यहाँ पुग्नु हुम्लीबासीको गौरवको विषय भएको बताईन् । उनले कोरोना भाइरसले विस्तारै देशका कुना कन्तराहरुको जनजीवनलाई पनि अस्तब्यस्त गर्दै आएको र यसप्रति हुम्ली जनता थप सर्तक हुनुपर्ने धारणा ब्यक्त गरिन् । कोरोना नियन्त्रण भन्दै प्रत्येक गाउँपालिकाहरुले लाखौंलाख बजेट छुट्याएको तर सहि सदुपयोग नभएको आरोप लगाईन् । सांसद शाहीले देशमा तीन तहको सरकार भएपनि सरकार भरोसा गर्न योग्य नभएकोले जनताले कोरानासँग लड्न आफँै सक्षम हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी आधार नेपालका निर्देशक प्रल्हाद ढकालले हुम्लामा कोरोनाको सम्बन्धमा निकै नै लापरबाही भएको बताएका छन् ।

पछिल्लो समयमा देशको कुनैपनि ठाउँमा स्कूल नखुलेको, सामुहिक हर्ष र उल्लासका कार्यहरु नभएको तर साउने पूर्णिमा जस्ता चाडलाई ठूलो जमघटमा मनाएको विषय गम्भिर भएको बताउँदै भने,“अहिले हुम्लामा कोरोना छैन भनेर लापरबाहीले औषत आयू कम, कमजोर स्वास्थ्य अवस्था र पोषणयुक्त आहार नभएको ठाउँमा यस्तै हो भने भयावह हुनेवाला छ ।” ढकालले हुम्ला जस्तो हरेक हिसाबले निकै जटिल तथा कम सम्भावना भएको विकट अनि दूर्गम ठाउँबाट विभिन्न संघसंस्था हुँदै समाजकल्याण परिषदमा पुग्न सफल शाहीलाई हिलोको कमलको संज्ञा दिए । उनले अगाडी भने,“गोबिन्द जीको साथमा अक प्रयास र संघर्ष बाहेक सायद अरु कोहि साथमा थिएन होला, यसकारण बधाई तथा शुभकामना ।”

त्यसैगरी समाजसेवी बसन्ती शाहीले पनि उनलाई निरन्तर बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै भनिन्,“निरन्तररुपमा हुम्लाको समाजलाई परिवर्तन गर्न खट्दा खट्दै आज समाज कल्याणमा पुग्नु भएको गोबिन्द जी अझै उच्च अहोदामा पुग्ने निश्चित देखिन्छ श्ुभकामना ।” त्यसैगरी उनले अर्को कोरोना प्रशंगमा आफ्नो जीवन सङ्गी तथा कर्णाली प्रदेशको प्रतिपक्षदलका प्रमुख जीवनबहादुर शाही कोरोना संक्रमित भएको विषय सार्वजनिक हुँदा झन् बढी मनोवैज्ञानिक प्रताडन झेल्नु परेको बताइन् । शाहीले कोरोना संक्रमण हुनु सामान्य विषय भएपनि त्यसलाई आचारसंहिता विपरित बाहिर ल्याइएकोप्रति रोष ब्यक्त गरिन् । उनले कोरोनाका नाममा हरेक गाउँपालिकाहरुले लाखौं–करोडौं छुट्याएको तर अनियमितता भएको आशंका गर्दै भनिन्,“पत्रकार साथिहरु जनताको मुखमा सामान्य मास्कसमेत छैन अरु कुरा त छाडौं त्यत्रो रकम कता गयो तपाईहरुले खोज्नु पर्यो ।” त्यसैगरी पछिल्लो समयमा कोरोना विषयमा हुम्लि जनताले लापरवाही गरिरहेको भन्दै उनले भविष्यमा कोरोना ठूलो खतराकोरुपमा ननिम्तियला भन्न नसिकिनेप्रति सचेत गराइन् ।

 

त्यसैगरी राष्ट्रिय खेलाडी जगतबहादुर धामीले पनि शाहीलाई सफल कार्यकालको लागि शुभकामना दिँदै सबै हुम्लीहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले कोरोना कहरको समयमा पनि हुम्लाका स्थानीय तहहरु गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै आफ्नो गाउँठाउँको लागि राजधानीमा बसेर भएपनि चिन्तन मनन् गरेर राम्रो कार्यका लागि सम्बन्धित निकायमा दबाब दिनु पर्ने बताए । त्यसैगरी पत्रकार नन्द ऐडीले हुम्ली जनतालाई स्थानीय तहहरुले भ्रष्टाचार गर्ने आधार बनाएको र निकट भविष्यमा आफूहरुले अपचलनको समाचार बाहिर ल्याउने बताए ।

समाज कल्याण परिषद्मा नियुक्त भएका शाहीले इमान्दारिता र संघर्ष नै आफ्नो मुख्य मार्गदर्शक सिद्धान्त भएको बताउँदै, आफू जहाँ जाँदा या जहिले पनि आफ्नो धरातल हुम्ला र हुम्ली जनताप्रति बफादार बन्ने गरेको र बनिरहने पनि बताए । आफूलाई विगतदेखि वर्तमानसम्म सहयोग गर्ने तथा शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दै भविष्यमा पनि साथको अपेक्षा रहेको बताए । साथै उनले कोरोनाको प्रसंगमा सरकारले हुम्लालाई विशेष राहत तथा स्वास्थ्य सेवाको प्याकेजको ब्यवस्था गर्नुपर्ने बताए । कोरोनासँग लड्न भौतिक दूरी, मास्क तथा सेनिटाइजरको व्यवस्था अनिवार्य गर्नु पर्ने र भविष्यको स्वास्थ्य सुदृढीकरणको लागी पनि सोच्नु पर्ने बेला आएको बताए ।

संवाद डबलीका सचिब धनन्जय बुढाले पनि शाही हुम्लीबासीको लागि उदाहरणिय ब्यक्ति भएको बताउँदै बधाई तथ शुभकामना दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal