आज :

सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ ।

आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो । जसमा रासिद खानले ३५ ,दुसान हेमान्थाले २१ रन जोडे ।

सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए ।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो ।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे । यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए ।

८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो ।

काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले २ विकेट लिए ।आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal