आज :

अनेकतामा एकता नै समृद्ध नेपाल निर्माणको आधार होः राष्ट्रिय ख्रीष्टियन महासंघ

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले पछिल्लो समयमा नेपाली समाजमा धार्मिक तथा जातिय द्वन्द भड्काउने गतिविधि तथा अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी महासंघले अनेकतामा एकता नै समृद्ध नेपाल निर्माणको आधार भएकोले आम नेपाली नेपाली माजलाई सम्यम हुनसमेत अपिल गरेको छ ।

महासंघका अध्यक्ष उद्धव चिमोरियाले नयाँ परिवर्तनसँगै देश धर्मनिरेपक्ष भएको र संविधानमै सबै धार्मिक सम्प्रदायलाई समान अधिकार प्रधान गरेकाले त्यसलाई ध्यान दिन अपिल गरेका छन् ।
अर्को प्रसंगमा चिमोरियाले महासंघलाई केही व्यक्तिहरुले अनिर्णयको बन्दी बनाउन खोजेको र अदालतले त्यसमा रोक लगाएको पनि जानकारी दिए ।

“कार्तिक १३ गते उच्च अदालत पाटनमा केही अनाधिकृत व्यक्तिहरुले माहासंघको आधिकारिक टिमविरुद्ध गरिएको निषेधाज्ञाको रिटलाई सम्मानित अदालतले खारेज गरेको छ, त्यसप्रति हार्दिक आभार व्यक्त गर्दछु” अध्यक्ष चिमोरियाले भने ।

महासंघका उपमहासचिव चेतकुमार श्रेष्ठले कार्तिक १३ गते उच्च अदालत पाटनका न्यायाधीश नेत्र प्रकाश आचार्यको एकल इजलाशले लागाएको निशेधाज्ञालाई आज शुक्रबार न्यायाधिश गणेश प्रसाद रावल र बासुदेव न्यौपानेको संयुक्त इजलाशले खारेज गर्दै संस्थाको कामलाई निरन्तरता दिने बाटो खुल्ला गरे श्रेष्ठले जनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal