आज :

आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज देशभर सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुखसमृद्धिको कामनासहित छठ पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दैछन् ।

विशेषगरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने पर्व सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

पर्वको पहिलो दिन ‘नहाय–खाय’ मा व्रतालुले स्नान गरी घरआँगन सफा गर्ने र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खरना’ मा दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गरिन्छ ।

आज षष्ठीका दिन व्रतालुहरू नदी, खोला, पोखरी तथा जलाशयका किनारमा निर्माण गरिएका घाटमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । ‘सन्ध्या अघ्र्य’ भनिने यस विधिमा सूर्यदेवको पूजा आराधना गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । रातभर घाटमा भजनकीर्तन तथा पूजाआराधना गर्ने परम्परा पनि छ ।

पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई ‘उषा अघ्र्य’ अर्पण गरिन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण तथा वितरण गरी चारदिने व्रत समापन गर्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal