आज :

बिहारी चेली सरिता, बिहार जाऊ ! माइतीमै बस-माइतीकै खाऊ

काग कागतिर बकुल्लो बकुल्लातिर भन्ने नेपाली उखान छ । तिमीले आज आफ्नो आफ्नो शरीरमा लगाएको रंग उतारेर आफ्नो अस्सली रुप देखायौं तिमीलाइ धन्यवाद नै छ । हाम्रा केही मुकुण्डोधारी कमाराहरुले बर्षैदेखि उठाउँदै आएको अंगिकृत नागरिकताकोअस्सली मिसन, भिजन र त्यसले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा पार्ने दुरगामी असरको बारेमा सबै नेपाली जनतालाई सुसज्जित गरि दिएकोमा पुनः पनि धन्यवाद । भलै कुनै समयमा एउटा मिसन प्राप्तिका लागि गरिएको कार्यले समयको मागसँगै प्रतिफल फरक दिन्छन् । आज त्यही तिम्रा मिसनले तिम्रा, तिम्रो माइतीका र माइतीका कमाराहरुको विपक्षमा प्रतिफल दिँदै एकै लयमा र एकै साथ लामबद्ध हुन सम्पूर्ण वर्ग, समुदाय, क्षेत्र र भाषाका महान नेपाली जनतालाई पुनः एकपट गतिलो शिक्षा दिएको छ ।

तिमीलाई नेपालले के दिएन ? २०३६ मा नेपालमा बिहे गरेर आउँदा नेपालले डोली चढाई पन्चेबाजा बजायो, नेपालले बुहारी भन्यो । नवदुलहीलाई २०३७ सालमा बिना भेदभाव नेपाली नागरिकता दियो । जबकि बिहे गरेर आउने जो कोहीलाई सायद संसारकै कुनै पनि देशमा ७ बर्षअघि नागरिकता दिइँदैन । दुई बर्षभित्र तत्कालीन तराईमा रहेको सद्भावना आन्नददेवी पार्टीले केन्द्रिय सदस्य दियो, केहि बर्षभित्र सांसद दियो, पुनः समानुपातिक संसद सदस्य दियो, संबिधान सभामा सदस्य दियो, अझ त्यतिले नपुगेर श्रम तथा यातायात मन्त्री दियो । पार्टीले प्रबक्ता दियो, तिमीलाइ तेतिले पुगेन रत्नपार्कमा महखाजा ३५ दिनसम्म अनसन बस्यौं । अनि समाजवादी पार्टीले केन्द्रीय सदस्य हुँदै अहिलेको संसदमा बिहारी भाका गाउँदै संसदको लोगो झुण्याएर नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता लाइ चुनौती दिनेसँगै  ‘र’ को सूचना संकलन गर्नलाई हालको सांसद दियो ।

वा सरिता गिरी तिमी दुध खाएर बिष बमन गर्ने गोमन रहेछौं । गुलामीको इतिहास रचेको तिम्रो माइतीले बजाएको बिनमा नाच्ने नगीना रहेछौं । साबकरले मुसोलिनीसँग दिक्षा लिएर नश्लिए चिन्तन बोकेका र संधिग्द तिम्रा माइती मदारिको तालमा नेपालको सार्वभौम संसदमा तिमी चटक देखाउदै छौँ । तिमीलाई माने बिहारी दिदि तिमीलाई माने । निजगढमा विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको, बाराको पथलैयामा सेनाको ब्यारेक राखेको भन्दै संसदमै आलोचना गरेकी थियौं । फास्ट ट्रयाक बनाउन नदिन भारतले खेलेको भूमिकाको प्रशंग गरेकी थियौं । हो तिमी त्यही मान्छे हौं जसले नेपालको नाम नै फेर्नु पर्छसम्म भनेकी थियौं । यो निकै ठूलो राष्ट्रघाती कुरा हो । बानेश्वरको अल्फाबिटाको बिल्डिङमा पहिला पनि उनले बोलेको सुन्ने मान्छे हामीसँग छन् ।

पथलैयामा सेनाको ब्यारेक नेपाल सरकारले राख्छ त्यो सरिता गिरीको माइतीको भूमि त हैन । नेपालको भूमीभित्र जहाँपनि नेपाली सेना, नेपाल प्रहरी तरहन्छ । यो त हाम्रो अधिकारको कुरा हो । कि त पथलैयासम्म भारतको हो भन्नुपर्यो । अनि कालापानी वा नालापानी कहाँ राख्ने भन्ने नेपाल सरकारले निर्णय गर्ने कुरा हो । आज यीनले लिपुलेक, लिपियाधुरा, कालापानी भारतको हो भनेर खुलम खुल्ला नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई लल्कारदैछन् । अझै पनि हाम्रा नेता भनाउँदाहरु एक शब्द बोल्दैनन् किन ? यीनले संसदको लोगो लगाएर संसद भवन छिर्दै गर्दा डिउटीमा बसेको नेपाल आमाको सपुतले सलाम गर्दा गंगा चौधरीले भनेझैं कति रगत उम्लिन्छ होला । हुनत ती सिपाई पनि पदिय र चेन अफ कमाण्डमा बाधिएरै होला ।

ज्ञात होस्, लिपुलेक-लिपियाधुरा र कालापानीमा हाम्रा पुर्खाले मार्च पास गर्दै पाँच औले, मह जोडी, यार्सा  र सतुवा खाँदै पश्चिम किल्लामा सुल्तान साम्राज्य र ब्रिटिश साम्राज्यको फौज रोक्न जाँदा बिहारी सरिता गिरीका बाजे प्रबाजे उनिहरुका दास बनेर खुट्टा मालिस गर्दै गुलामी गर्दै थिए । गुलामीको नश्लले गुलामीको सपना देखा । नेपाली जनताको रगत र पसिनामा संसदको लोगो लगाएर बिहारी कुर्लिने अनि हाम्रो भूमि भारतको हो भन्दा सहि दिनु पर्ने । सिमामा जंगे पिल्लरझैं उभिएका हाम्रा तराइ-मधेसका दाजुभाइ संसदमा हिन्दी बोल्दा गर्बनै महसुस गरिन्छ तर बिहारी साबकरकी चेलीले हिन्दी बोल्दा अझ नेपालको भूमि भारतको हो भन्दा कुन नेपालीको रगत उम्लिदैन र ? नेपालको सूचना बेचेर पेट पाल्ने र देश बिखण्डनको भाषा बोल्ने सरिता गिरी नेपालको संसद त के बुहारी हुन पनि लायक छैनन् । त्यसैले आउनुहोस् एउटै स्वरमा भनौं बिहारी चेली बिहार जाउँ । माइती बस माइतीकै खाउँ । जति माइतीको गीत गाउँछौ हिन्दीमा गाउँ । नेपालको संसदमा खाली गर ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal