आज :

धनगढीमाईमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ !

  • अनलाइन डबली

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाको नेतृत्व तथा आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।

मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, समग्र जन उत्थान केन्द्र, सहारा नेपाललगायत विभिन्न संघसंस्थाको सहकार्यमा सञ्चालित अभियानअन्तर्गत प्रभातफेरी तथा कोणसभा आयोजना गरिएको हो ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतो, उपप्रमुख सङ्गीता कुमारी चौधरी, समग्र जन उत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोलगायत महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडित संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित सुरु भएको अभियान डिसेम्बर १० सम्म सञ्चालन हुनेछ ।

अभियान अवधिभर विभिन्न सचेतनामूलक तथा अभियानमूलक कार्यक्रममार्फत लैङ्गिक हिंसाको अन्त्य, पीडितको संरक्षण, न्यायमा पहुँच र महिला तथा बालिकाको अधिकार सुनिश्चितताका लागि सन्देश प्रवाह गरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal