आज :

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

  • अनलाइन डबली

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति विरुद्धको रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतको न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

जेनजी सफलता बोगटीसमेतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई आनीको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

 

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो । साथै, अभियानले पटक–पटक खबरदारी पनि गर्दै आएको थियो ।

त्यस्तै, रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा अदालतले दुवै पक्षबीच छलफल गरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गरेको छ ।

यसका लागि अदालतले २०८३ मंसिर १४ गतेका लागि छलफलको पेसी तोकेको छ । उक्त छलफलको जानकारी प्रत्यर्थीहरूलाई दिनसमेत आदेशमा उल्लेख गरिएको छ ।

अदालतले विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा तोकिएको म्याद समाप्त भएपछि नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal