आज :

सर्केगाडमा किर्डाकले वितरण गर्यो स्वास्थ्य तथा सरसफाई सामग्री

काठमाडौं । किर्डाक नेपाल र महिला कल्याण सेवा (WWF)को सहजिकरण र मीसन ईष्टको आर्थिक सहयोग तथा सर्केगाड गाउँपालिकाको अगुवाईमा पालिकाका २ हजार दुई सय असी घरधुरीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री वितरण सम्पन्न भएको किर्डाकका कार्यकारी निर्देशक गोविन्द शाहीले बताएका छन् ।

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा गत महिना आठ ओटै वडामा सकभर कसैलाई पनि नछुट्ने गरेर आधारभुत तर अत्यावश्यक स्वास्थ्य तथा सरसफाई सामग्रीहरु वितरण गरेको कार्यकारी निर्देशक शाहीले अनलाइन डबलीसँगको कुराकानीमा बताए । विश्व कोरोना आतंकको घेराभित्र परेको करिब आधा वर्ष पुग्न लागेको छ । यसको खोप तथा औषधी नआउन्जेल मनिसहरु यस रोगबाट बच्न पहिलो आवश्यकता व्यक्तिहरुबीच भौतिक दूरी,सरसफाई तथा स्वास्थ्य सामाग्री र दोस्रो भनेको अनिश्चितकालिन् कोरोना रोगबाट भन्दा भोकबाट अत्याधिक खतरा रहेको निर्देशक शाही बताउँछन् ।

पहिलो चरणमा हुम्लाको सर्केगाड लगायतका विभिन्न जिल्लाहरुमा स्वास्थ्य तथा सरसफाईका सामग्री वितरण गरिरहेको र दोस्रो चरणमा खाद्यन्न वितरणको तयारी रहेको जानकारी निर्देशक शाहीले दिए । सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले किर्डाक नेपाल, महिला कल्याण सेवा तथा मीसन इष्टको यस किसिमको कार्यलाई धन्यवाद दिए । कार्यक्रम फिल्ड कोअर्डिनेटर प्रेम बुढाका अनुसार प्रत्येक घरधुरीलाई ६ ओटा हात धुने साबुन, २ ओटा लुगा धुने साबुन,मेडिकल माक्स, प्रत्येक वडाका स्वास्थ्य चौकीका लागि २/२ सय सर्जिकल माक्स तथा ५/५ सेट पञ्जा वितरण गरिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal