आज :

चिनियाँ राष्ट्रपतिले सीले भने– कोरोनासँग लड्ने सबैभन्दा ठूलो हतियार ‘एकता र सहयोग’

काठमाडौँ । चीनका सर्वोच्च नेता सी चिन फिङले एकता र सहयोग सबैभन्दा सशक्त हतियार भएको बताएका छन् । विश्वले कोरोनासँग संघर्ष गरिरहेको सन्दर्भमा बोल्दै सीले एकता र सहयोग नै चीनले कोरोनासँग जितेको बताए ।

सीआरआई नेपाली सेवाका अनुसार गत कोरोना महामारीयता चीनका राष्ट्राध्यक्ष समेत रहेका सीले नेपालसहित विश्वका अधिकांश देशका राष्ट्र,सरकार प्रमुख र नेताहरुसँग फोनबाट वार्ता गरेका छन् । सीले कोरोना भाइरससँग कसरी विजय हासिल गर्न सकिन्छ भन्नेबारे अनुभव सुनाउँदै चीन साथमा रहेको रहेको बताएका थिए ।

चीनले कोरोना संक्रमणबाट ग्रस्त इटली, स्पेन, अमेरिकालाई पनि प्राविधि सहयोग गरेको छ । इटलीमा त विज्ञ चिकित्सकसहितको टोली चीनले पठाएको थियो । उक्त टोली इटलीमै छ, कोरोनाबाट इटलीका नागरिकलाई मुक्त गराउन संघर्ष गरिरहेका छन् । अमेरिकालाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री पनि चीनले सहयोग गरेको छ । त्यस्तै चीनले नेपाललाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आवक परे जनशक्तिसहित सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

गत मार्च २६ तारिख कोरोना भाइरसको सामनासम्बन्धी बीस मुलुक समूहको विशेष शिखर सम्मेलनमा सीले अन्तर्राष्ट्रिय समाजले अठोटलाई सुदृढ पार्न र एक भएर सामना गर्न गरेको सिआरआईले जनाएको छ ।

राष्ट्रपति सीले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणको विश्वव्यापी लडाइँ गर्ने, अन्तर्राष्ट्रिय रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा संचालन गर्ने, अन्तर्राष्ट्रिय संगठनलाई भूमिका निर्वाहका लागि समर्थन दिने, अन्तर्राष्ट्रिय समष्टिगत अर्थनीतिको समन्वय गर्ने चार सूत्रीय प्रस्ताव प्रस्तुत गरेका छन् ।

राष्ट्रपति सीले मानवियताको हिसाबले कोरोनासँग लड्न विश्व समुदायलाई सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । उनले एकता र सहयोग मानवले संकटलाई पराजित गर्न सक्ने बताउँदै देशभित्र र विश्वमा एकता र सहयोग आवश्यक रहेको बताउँदै आएका छन् ।

कोरोनासँग जित्न आन्तरिक एकता र सहयोग झन् महत्वपूर्ण रहेकोमा सीको जोड दिँदै आएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । देशभित्रका सबै पक्षसँग जनतालाई साथमा लिएमात्रै कोरोनासँग जित्‍न सकिने बताएका छन् ।

राष्ट्रपति सीले वुहानमा कोरोनाले महामारीको रुप लिएपछि आफै अग्रसर भएर नेतृत्व गरेका थिए । सी वुहानसहित जनमुक्ति सेनाका अस्पताल र प्रयोगशालामा पुगेर बिरामी र उपचारमा खटिएकाहरुलाई हौसला दिइरहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal