आज :

कोरोनालाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडानपछि अमेरिका जी-७ मा एक्लियो

काठमाडौँ । अमेरिका जी ७ मा एक्लिएको छ । लामो समयदेखि अमेरिकालाई साथ दिँदै आएका देशहरुले साथ छोड्ने चेतावनी दिएका छन् । कोरोनाभाइरसबारे अमेरिकी जिद्धीको कारण यो परिस्थिति उत्पन्न भएको हो ।

विश्वका सात ठूला सात राष्ट्रको संगठन जी–७ मा अमेरिका एक्लिएको हो । बैठकमा अमेरिकाले कोरोनाभाइरसलाई ‘वुहान भाइरस’ भनेर संयुक्त विज्ञप्ति जारी गर्नुपर्ने अडान लिएपछि उ एक्लिएको हो । बैठकमा अमेरिकी प्रतिनिधिले कोरोनालाई वुहान भाइरस भन्नुपर्ने अडानलाई लिएर अन्य देशहरुले अस्वीकार गरिदिएका छन् । वुहान भाइरस भन्नुपर्नेमा अमेरिका एक्लै थियो । अन्य देशहरुले मानविय हिसाबले पनि यसो भन्नु नहुने अडान लिएका थिए ।

बैठकमा एकमत हुन नसकेपछि संयुक्त विज्ञप्ति जारी हुन सकेन । बैठकमा अमेरिकी विदेश विभागले कोरोनाको सट्टा ‘वुहान भाइरस’ अडान लिएको थियो । तर अन्य ६ वटै देशहरुले उक्त अडानलाई अन्तिमसम्म पनि स्वीकार गरेनन् । अन्य देशहरुले अमेरिकी विदेश विभागको सुझाव रातो रेखा भएको र यसरी भाइरसको ब्राण्डिङ गरेर सूचना प्रवाह गरिने विषयसँग सहमत हुन नसकिने एक यूरापेली कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी अमेरिकी मस्यौदामा महामारी फैलिनुमा चीनमाथि समेत दोष लगाइएको थियो । तर विश्व स्वास्थ्य संगठनले स्पष्ट र आधिकारिक रूपमा यसलाई कोविड १९ वा कोरोना भाइरस भनिसकेको अवस्थामा अमेरिकाको प्रस्ताव स्वीकार्य नभएको ६ वटै देशका प्रतिनिधिहरु एकमत भएका थिए ।

बैठक अघि अमेरिकाले मस्यौदाको रुपमा अरु देशका विदेश मन्त्रीहरुलाई पठाएको थियो । १२ अनुच्छेदवाला वक्तव्यमा कोरानालाई ‘वुहान भाइरस’ भनिएको थियो । भर्चुअल्ली गरिएको बैठकमा सातै देशका परराष्ट्र मन्त्रीहरु सहभागी थिए । अमेरिकाले तयार गरेको वक्तव्यको मस्यौदामा सहमति नभएपति आ–आफ्नै तरिकाले बैठकबारे विज्ञप्ति जारी गरेका थिए ।

अमेरिकी अध्यक्षतामा गठबन्धनको बैठक गरिएकाले वक्तव्य मस्यौदा गर्ने जिम्मेवारी पनि उसैको थियो । जी–७ अमेरिकासहित बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा सदस्य छन् ।

चीनले मानविय हिसाबले इटलीलाई कोरोनासँग लड्न सहयोग गरिरहेको छ । अमेरिकालाई पनि आवश्यक सहयोग गर्ने बताइरहेको बेला पनि अमेरिकी भने कोरोनालाई लिएर चीनको बदनाम गर्न लागिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका छन् । यही नियतले गर्दा अमेरिकामा कोरोनाले डरलाग्दो रुप लिने विश्लेषण भइरहेका छन् ।

  • फोटोः गूगल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal