आज :

प्रहरी परिसरमै लाठीचार्ज, श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ? ( भिडियोसहित )

पोखरा । ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२४ वर्षिय मल्लको मृत्यु प्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग गरिरहेका बेला आफुहरुले कानुन अनुसार अनुसन्धानलाई अगाडी बढाईरहेको प्रहरीले जनाएको छ ।

ममता बिहिबार दिउँसो आफ्नी छोरीलाई खाजा पुर्याएर फर्किए लगत्तै आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिईन् । यद्यपि सो समयमा मल्लका श्रीमान मनिष घर मै रहेका बुझिएको छ ।

मृतक मल्लको शरीरमा निलडाम र तिखो वस्तुले गोपे जस्तो दाग देखिएका कारण उनको आत्महत्या नभई हत्या नै गरिएको हो, भनि किटानी जाहेरी दिन खोजे पनि प्रहरीले त्यसलाई इन्कार गरेको माईति पक्षले आरोप लगाएका छन् ।

मृतक मल्लको पक्षमा न्याय तथा दोषि उपर आवश्यक कानुनी कार्वाहीको माग गर्दै उनीहरुले शनिबार जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका हुन् ।

ममताकी बहिनी बबिता शाहिका अनुसार,‘दिदिको बिहे भएको ५-६ वर्ष भयो ३ वर्षकी एक छोरी छिन्, मेरी दिदि अहिले २५ वर्षकी भईन्, उनको बिहे भएको यत्तिका समय भएपनि टिकाटालो भने भैसकेको थिएन, बाबा विदेशमा हुनुहुन्छ, भिनाजुले दिदिलाई घरिघिर टिकाटालोको दवाव दिनुहुन्थ्यो, उनीहरु कहिले कही यहि विषयमा झगडा पनि गर्थे । तर शुक्रबार भिनाजुले कल गरेर जे कुरा सुनाउनुभयो, मैले त्यसलाई विश्वास गर्न सकिन, म हठाट दिदिको घरमा पुग्दा मैले दिदिको लास देखे तर, श्वास भेट्न सकिन ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal