आज :

मिथिला माध्यमिकी परिक्रमा: आज अन्तिम स्थल जनकपुरधाम पुग्दै

  • अनलाइन डबली

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ ।  बुधबार भारतको विशौलमा रात्री विश्राम गरेका परिक्रमा यात्रीहरु एकाविहानै देखि जनकपुरधाम पुग्न लागेका छन् । जनकपुरधाम परिक्रमाको अन्तिम स्थल हो ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४ औं दिन भारतको विशौल पुगेको थियो भने आज अन्तिम दिन जनकपुरधाम पुगेर विश्राम गर्ने छ  ।

परिक्रमालाई मध्येजनर गर्दै जनकपुधराममा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ भने तीन दिन परिक्रमा क्षेत्रभरि माछा मासु र मदिरा सेवन र विक्रि वितरणमा रोक लगाइएको छ । शुक्रवार बिहान जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा परिक्रमा विधिवत सम्पन्न हुनेछ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal