
काठमाडौँ। पांच सय पचास पुरानो देवीदेवताका धार्मिक कथासँग सम्बन्धित एतिहासिक महत्व बोकेको चित्र पौभा : ४४ बर्ष पछी नेपाल फर्काइएको छ।
काठमाडौँ महानगर पालिका १८ वडा स्थित इतुंबहा: बात ४४ बर्ष अगाडी चोरी भएको ३ वटा पौभा :फागुन २० गते मंगलवार न्यूयोर्कं बात नेवा: गुठि अमेरिकाका अध्क्षय विजयमान सिंह सम्मिलित समुहले नेपाल फिर्ता ल्याइएको हो।
श्री भाष्करदेव केशचन्द्र सँस्कारित कृत पर्वत महाविहार समाजले आज एक कार्यक्रमका बीच अध्क्षय सिंहलाइ सम्मान गरेको छ।
लामो समय देखि नेपालबाट चोरी भएर अमेरिका लगायत अन्य मुलुकमा रहेका सम्पदाहरुको खोजि गरिरहेका शिंहले यस अगाडी पनि विभिन्न देवदेवताका मुर्ति फिर्ता ल्याएका थिए।
सम्मान कार्येक्रममा अध्क्षय् सिंहले भने ‘ निकै लामो प्रयास पछी चोरी भएर बिभिन्न मुलुकमा पुगेका देबदेवताकामुर्ती तथा बहुमुल्य सम्पदा फिर्ता भएर नेपाल आइ पुग्दा सुरक्षित् हुने गरि ब्यबस्थापन हुनु पर्छ। , तलेजु भवानीको बहुमुल्य मुकुट अमेरिका स्थित सिकागोमा रहेको र छिटै फिर्ता ल्याइने छ। ’
पुर्व प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले यस पौभा: फिर्ता ल्याउन सी आइ बि मार्फत प्रमाण संकलन गरि कुटनीतिक प्रयास अगाडी बढाएको थियो।
बहुमुल्य रत्नको प्रयोग गरिएको यस पौभा तत्कालिन समाएका सेना प्रमुख गगन सिं भारुको नाम उल्लेख भएको छ। फिर्ता भएको पौभा इतुम्बाहल स्थित म्युजियममा नराखिने केशचन्द्र महाविहार संरक्षण समाजका अध्क्षय तथा इतुम्बाहाल म्युजियम ब्यबस्थाक प्रमुख प्रज्ञारत्न शाक्यले बताउनु भयो। ‘ तत्कालका लागि स्टोरमा राख्न ब्यबस्था मिलाई सकिएको छ। म्युजियामा राख्ने वा नराख्ने बारे सम्बन्धित सबैसंग छलफल पछी निर्णय हुने छ। महाविहारको सम्पति महाविहारमा नै रहनु पर्ने हाम्रो धारणा रहेको छ। ’ शाक्यले बताउनुभयो।