आज :

कालिकोटको तिलागुफा-१ मा माओवादी केन्द्रको नयाँ नेतृत्व : महताराको नेतृत्वमा २९ सदस्यीय समिति गठन

  • देविराम देवकोटा

कालिकोट — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तिलागुफा नगरपालिका वडा नं. १ को वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सर्पराज महताराको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।

वडा सम्मेलनमा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम प्रसाद पाण्डेय प्रमुख अतिथि रहनु भएको थियो। उहाँले वर्तमान परिस्थितिमा माओवादी सकियो भन्ने अफवाह फैलाइए पनि, संगठन थप सशक्त बन्दै गएको बताउनुभयो।

वडा समितिको नेतृत्व सम्हाल्ने सर्पराज महताराले संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस वडा सम्मेलनले स्थानीयस्तरमा माओवादी केन्द्रको संगठनात्मक उपस्थिति सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal